काभ्रे–२ ‘क’मा कांग्रेसबाट चौलागाईंको नाम सिफारिस

काभ्रे । नेपाली कांग्रेस काभ्रेले क्षेत्र नम्बर २ ‘क’ बाट युवा नेता होमराज चौलागाईंको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ । स्थानीय स्तरमा सामाजिक कार्यबाट आफ्नो लोकप्रिय र विकासप्रेमी युवा नेताको छवि बनाएका चौलागाईंलाई कांग्रेसको जिल्ला समितिले सिफारिस गरेको हो । समाजसेवीको रुपमा परिचित नेता चौलागाईं सफल उद्यमीसमेत हुन् । नेता चौलागाईं कांग्रेस बाग्मती प्रदेशका सदस्य पनि हुन् ।

प्रतिक्रिया