बझाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी बझाङले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी बझाङले मंगलबार पत्रकार सम्मेलन मार्फत प्रत्यक्षतर्फ र समानुपातिक तर्फका उम्मेदवरहरुको नाम सिफारिस गरेको जानकारी दिएको हो ।।
प्रत्यक्षतर्फ हरीलाल भट्टराई र विश्वप्रकास जेठाराको नाम सिफारिस गरिएको छ, भने समानुपातिकतर्फ दिपक बहादुर सिंह, नवराज जोशी, हिरेन्द्र नेपाली, खिमा विष्ट ओझा र रामकुमार श्रेष्ठको नाम सिफारीस गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी बझाङका जिल्ला सचिव सन्तोष सिंहले बताए ।
सिंहका अनुसार प्रदेश सभा ‘क’ प्रत्यक्षतर्फ जगतबहादुर सिंह, कर्णबहादुर खड्का, धुर्वकुमार रोकाया, समानुपातिक तर्फ गौरी सिंह, जुनादेवी सिंह, गोरखबहादुर खड्का र अग्नीराज जोशीको नाम सिफारिस गरिएको छ । त्यस्तै, प्रदेश सभा ‘ख’ प्रत्यक्षतर्फ बिरेन्द्रबहादुर मल्ल, प्रभाकरबहादुर सिंह, भानबहादुर सिंह, बिष्णु जोशी, समानुपातिक तर्फ लक्ष्मीकुमारी मल्ल, कृष्णबहादुर मल्ल, झरेन्द्र कुवर, भोजराज जोशी र कटक मल्ल रहेका छन् ।
पत्रकार सम्मलेलनमा बोल्दै जिल्ला अध्यक्ष बिरेन्द्र मल्लले नेपालमा भएका राजनीतिक दलहरले मुलुक बिगारी रहेको बताए ।
बझाङ
प्रतिक्रिया