बालेन्द्रविरुद्ध साम्पाङकाे अर्को स्टाटस

काठमाडौं । धराने मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध शब्दवाण जारी राखेका छन् । हिजो बेलुकीदेखि बालेनमाथि खनिन थालेका साम्पाङको नयाँ स्टाटस आएको छ ।

साम्पाङले बालेनलाई लक्षित गर्दै लेखेका छन्, ‘फोहोरसम्म सोहोर्न नसक्नेले के फुुँईं लाउनु बेकारमा । फोहोर ठेगान लगाएर बल्ल कुरा गर्नु है ।’

उनले जनतालाई हावा गफ होइन काम चाहिएको पनि बताएका छन् । हिजोदेखि आजसम्म बालेनविरुद्ध साम्पाङको यो पाचौं स्टाटस हो । बालेनले भने एउटा स्टाटसको जवाफ फर्काएपछि मौन बसेका छन् ।

प्रतिक्रिया