‘फोहोर व्यवस्थापनमा सत्तारुढदेखि र विपक्षी दलसम्मकाे असहयोग भयाे’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंको फोहोर व्यवस्थापनमा सत्तारुढ देखि विपक्षी दलसम्मले असहयोग गरेको बताएका छन् । आज सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गर्ने र विपक्षी दलहरु एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि त्यसलाई साथ दिएको देखिएको बताए ।

राज्यले दुई दशकदेखि पाँच अर्ब बढी खर्च गरेर बनाएको ल्याण्डफिल्डमा फोहोर लैजान माथापच्ची हुनुमा गहिरो कारण रहेको उनको दाबी छ । विगतदेखि नै केही गल्ती भएको बताउँदै अब आफूहरू विगत दोहोर्याएर अपराध नगर्ने विश्वास दिलाएका छन् । यसका लागि केही समय लाग्ने उनको भनाइ छ । सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेको दिगो उपयोगीताका लागि महानगर संवेदनशील रहेको उनले बताए ।

‘व्यवस्थापन हाम्रो स्वार्थहरूको गर्नु पर्ने होइन, फोहोरको हो । आफ्ना कुत्सित स्वार्थहरूको व्यवस्थापन महानगरले गरिदेला भन्ने सोच्नु भएको छ भने त्यो भ्रम हो,’ उनले भनेका छन्, ‘त्यसो भन्दैमा कसैलाई हराउने खेलमा महानगर छैन । सबैले जित्ने कार्यक्रम लागू गर्ने योजनामा महानगर छ ।’

आइतबार मेयर शाहले उपत्यकाको फोहोर व्यवस्थापनमा असहयोग भएको भन्दै आपत्ति जनाएका थिए । सत्ता गठबन्धनके नेताहरूले फोहोर फाल्न नदिने भन्दै विज्ञप्ति जारी गरेपछि आपत्ति जनाउँदै बालेनले फोहोरमाथि कुहिएको खेल खेलिएको टिप्पणी टिप्पणी गरेका थिए ।

प्रतिक्रिया