एमाले निकट लोकतान्त्रिक शेर्पा संघको अध्यक्षमा नाम्गेल

काठमाडौं । नेकपा एमाले निकट लोकतान्त्रिक शेर्पा संघ नेपालको दोस्रो राष्ट्रिय अधिवेशनले रामेछापका नाम्गेल लामा शेर्पालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । शनिबार भएको उद्घाटन सत्र पछिको बन्द सत्रले सर्वसम्मत नेतृत्व चयन गरेको हो । अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा आङकाजी शेर्पा चयन भए । त्यस्तै उपाध्यक्षहरूमा क्रमशः पेम्बा शेर्पा, फुर ल्हाक्पा शेर्पा, ङावा निमा शेर्पा, र ल्हाक्पा शेर्पा पनि सर्वसम्मत भएका छन् । महासचिवमा आङ पेम्बा शेर्पा र उपमहासचिवमा मिग्युर शेर्पा सर्वसम्मत भएका छन् । त्यस्तै कोषाध्यक्षमा लामबाउ शेर्पा निर्वाचित हुनुभएको नवनिर्वाचित केन्द्रीय सदस्य दावा संबु शेर्पाले जानकारी दिए।

प्रतिक्रिया