बस्तीमा बाढीको वितण्डा

अविरल वर्षाका कारण मंगलबार राती काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित मनोहरा खोलामा आएको बाढीले मानव बस्तीमा पु¥याएको क्षति । मनोहरा खोलामा करिब एक वर्षअघि निर्माण गरिएको तटबन्ध भत्काएर बाढी बस्तीमा पसेको थियो । बाढीले वडा–७ र ९ मा करोडौं रुपैयाँ बराबरको धनमालमा क्षति पुर्याएको छ । प्रहरी प्रभाग काँडाघारी परिसरभित्र पनि बाढी प्रवेश गरेर क्षति पुर्याएको छ । बाढीले प्रहरी प्रभागको मेस (भान्छा) भत्काएको छ भने केही सवारी साधन पनि बगाएको छ । मंगलबार राती ९ बजेदेखि बुधबार बिहानसम्म भएको अविरल वर्षाका कारण आएको बाढीले करिब एक सय घरमा क्षति पु¥याएको छ भने मनोहरा करिडोरअन्तर्गतको सडक पनि भत्काएको छ । मनोहरा खोलामा आएको बाढीले पुनर्निर्माण सम्पन्न भएर हस्तान्तरणको प्रक्रियामा रहेको च्यासल रंगशालाको मैदानमा पनि ठूलो क्षति गरेको छ । काठमाडौं उपत्यका भएर बग्ने अन्य खोलामा आएको बाढीले पनि सामान्य जनजीवनलाई अस्तव्यस्त बनाएको छ । तस्बिर : सौर्य

प्रतिक्रिया