बंगुरमा अफ्रिकन स्वाइन फिवर माहामारी : हप्ता दिनमै करोडौँको क्षति

काभ्रे । काभ्रे जिल्लाको धुलिखेल र पनौती नगरपालिकाको विभिन्न ठाउँका अफ्रिकन स्वाइन फिवरको महामारीका कारण व्यवसायीका करोडौँ मुल्य बराबरको बंगुर मरेर करोडौँको क्षति भएको छ । बंगुरमा अति खतरनाक मानिएको उक्त रोग नगरभित्र व्यावसायिक रुपमा पालिएको बंगुरमा केन्द्रीय पशुपक्षी रोग अन्वेशण प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिवर रोग पुष्टि भएको थियो । फार्महरुबाट नमूना संकलन गरी जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशुपन्छीं रोग अन्बेषण प्रयोगशाला पठाएको थियो । रामेछाप जिल्ला रामेछाप गापा–२ का प्रकाश बस्नेत ६ बर्ष कतारमा रोजगारी गरी फर्केर नेपालमा आई बगुर व्यवसायी गर्न थालेका थिए । काभ्रे जिल्लाको पनौती नगरपालिका–५ गैरीगाउँमा टिम भिजन एग्रो प्रालि फर्म दर्ता गरी बगुर पाल्न सुरु गरेका उनले अर्का साथी रामकुमार श्रेष्ठको साथ पाए । उनी पनि कतारबाटै फर्केका थिए ।

सुरु ३० लाख खर्च गरेर फार्म सुरु गरेका उनीहरुको फार्ममा आहिले रित्तो प्रायः छ । उनले आफ्नो दुखेसो पोख्दै भने, ‘म एउटा बाहुनको छोरो चुनौतीका बाबजुत बगुर पाल्न सुरु गर्यौँ । रामकुमारसँग मिलेर सुरुमा ३० लाख र पछी थप गरी संरचना बनाउनको लागि ६० लाख खर्च गरेर हामीले ३ सय ७० बगुर पालेका थियौँ ।’ उनले भने, ‘अफ्रिकन स्वाईन फिभर रोगका कारण हाम्रो फर्म लगभग खाली भएको छ । दिनमै ८÷१० वटा बगुर मर्छ ।’ यो समाचार तयार पार्दासम्म उक्त फर्ममा ३ सय बगुर मरिसकेको छ ।

बार्षिक एक लाख ४० हजार भाडा तिरेर साँढे ५ रोपनी जग्गामा पालेको बगुर अब ७० वटा मात्र बाँकी रहेको छ । ३० वटा व्याउने माउ र अन्य पाठा गरी ३ सय वटा मरीसकेको टिम भिजनका सञ्चालक बस्नेतले बताए । माउँहरू कम्तीमा पनि एक सय किलो भन्दा बढीको र अन्य १५-२० किलोको पाठाहरू दैनिक १०÷१२ वटाको दरले मर्ने गरेको उनले सुनाए । उनका अनुसार चलनचल्तीको भाउ अनुसार ८० लाख भन्दा बढीको घाटा भएको छ ।

सुरुमा रगत छादेर मर्न थालेपछि विभिन्न उपचार गरेको बस्नेतले बताए । ‘सुरुमा बगुरहरू रगत छादेर मर्न थालेपछि विभिन्न उपचार गर्यौ । कम्तीमा पनि ४० हजार भन्दा बढीको औषधी उपचार गर्यौँ तर पनि केही कम भएन ।’ उनले भने, ‘डाक्टर गणेश बञ्जराले बगुरको रगत ल्याबमा लगेर परिक्षण गर्दा अफ्रिकन स्वाईन फिभर भएको पुष्टि भयो । नेपालमा यसको उपचार नै नहुने रहेछ । सावधानी बाहेक केही गर्न सकेन । मरेको बगुर पुर्नु बाहेक केही गर्न सकेको छैन ।’

काभ्रेमा यो मात्र होइन । पनौती नगरपालिका–५ गैरीगाउँमै रहेको गैरी गाउँ कृषि फर्ममा पनि यस्तै छ । उक्त फर्ममा एक सय ८२ वटा मरेको छ । त्यस्तै पनौती नगरपालिका–१० मा रहेको श्रेष्ठ बगुर फर्ममा २ सय ५५ वटा मरेको छ । धुलिखेलका नोवेल पशुपञ्छी फर्ममा ५७ वटा मरेको छ । यो विवरण त भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धुलिखेलमा आएको तथ्यांक मात्र हो ।

जानकारी नगराएको थुप्रै ठाउँमा मरेको हुन सक्ने केन्द्रका प्रमुख राजकुमार हुमागाईले जानकारी दिए । ‘काभ्रेमा अफ्रिकन स्वाईन फिभरका कारण हजारौँ बगुर मरिसकेको छ । दर्ता नभएको फर्महरूमा पनि बगुरहरू मरिरहेको भन्ने कुरा अनौपचारिक रुपमा खबर आएको छ ।’ हुमागाईले भने, ‘अहिलेसम्म यो रोगको भ्याक्सिन नभएको कारण रोकथाम बाहेक अरु कुनै उपचार छैन । हामीले चुन छर्न लगाउने, बगुर ओसार पसार गर्न रोक लगाउने बाहेक केही गर्न सकेको छैन ।’ बगुर मर्यो भन्ने खबर आएपछि त्यसको ल्याव परिक्षण गर्दा अफ्रिकन स्वाईन फिभर भएको पुष्टि गरेको हुमागाईले बताए । उनका अनुसार मरेका बंगुरमध्ये अधिकांश विदेशी ल्याण्डरेस, डुयरोक जातका छन् । जुन जातमा बच्चा हुर्काउने क्षमता अत्याधिक हुन्छ ।

विभागका अनुसार यो रोग सुगरबाट मानिसमा भने सर्दैन । सन् २०१८ मा छिमेकी भारत, चीन र भुटानमा देखिएको यो रोग नेपाल प्रवेश गरेको पाँच महिनापछि काभ्रेको पनौतीमा पनि देखिएको हो । गत वर्ष चैतमा पहिलोपटक काठमाडौँको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बंगुरमा उच्च मृत्युदर सहित देखिएको थियो ।

के हो अफ्रिकन स्वाइन फिबर ?

डा. गणेश बञ्जराको अनुसार यो रोगले कुनै पनि उमेरका सुँगुरलाई असर गर्न सक्छ । उच्च मृत्यु दर, प्रमुख लक्षणहरूमा कान, पुच्छर र तल्लो खुट्टाको नीलो–बैजनी साइनोसिस हुन्छ; उच्च ज्वरो; र आँखा र नाकबाट भारी स्राव यो रोगको प्रमूख लक्ष्यण भएको बताए । उनले भने– यो रोगले तपाइँले पाल्दै आएको बंगुरको बथानलाई असर गरिरहेको देखे तुरुन्तै छुट्याउने र लक्ष्यण अनुसार उपचार गर्न लाग्नु पर्ने हुन्छ । सुँगुर र यसको नजिकका आफन्तहरू, सुँगुर र सुँगुरहरू) भाइरसहरूको डबल–स्ट्र्यान्ड, परिवारको एक मात्र प्राकृतिक होस्ट हो, भाइरसले मानिस वा अन्य जनावरहरूलाई हानि गर्दैन ।

यसको मतलब यो होइन कि मानिस र अन्य जनावरहरूले वाहकको रूपमा भाइरस फैलाउन सक्दैनन् अफ्रिकी स्वाइन फिभर सामान्यतया आर्थ्रोपोडहरू, जस्तै नरम शरीर भएको टिक, संक्रमित सुँगुरहरूबाट रगत उठाएर सर्छ । संक्रमण सामान्यतया नाक, मुख, पिसाब र मल वा संक्रमित वीर्य बाट निस्कने सहित संक्रमित वा वाहक सुंगुरहरु को तन्तु र शारीरिक तरल पदार्थ संग प्रत्यक्ष सम्पर्क मार्फत हुन्छ । यो दूषित खाद्य उत्पादनहरूको ढुवानी र उपभोगबाट पनि फैलिन्छ, र केही केसहरू घरेलु सुँगुरहरूलाई फोहोर खाना खुवाएर जैव सुरक्षा मापदण्डहरूको पालना गर्न असफल भएका कारण उत्पन्न भएका छन् । जंगली सुँगुर र सुँगुरहरूमा भएको भाइरसले रोगको कुनै लक्षण नदेखाएको भए तापनि यो सबै सुँगुरका प्रजातिहरूमा अत्यधिक संक्रामक रहन्छ र सुँगुरहरूमा लामो समयसम्म बाँच्न सक्छ बध पछि, जमेको शवहरूमा पनि ।

प्रतिक्रिया