चन्द्रपुर नगर उद्योग वाणिज्य संघको अध्यक्षमा सापकोटा निर्वाचित

रौतहट । रौतहटको चन्द्रपुर नगर उद्योग वाणिज्य संघको अध्यक्षमा उदयनारायण सापकोटा (सुरेन्द्र) निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार संघको निर्वाचन प्रक्रियामा सापकोटाको एकल उम्मेदवारी परेपछि उनि निर्विरोध अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

एक अध्यक्षसहित १२ जना सदस्य मध्यबाट पदाधीकारी चुनिने र ४ जना मनोनितसहित १७ जनाको टिमले संघ चलाउने व्यवस्था रहेको निर्वाचन समितिका सदस्य सचिव सुमन गौतमले बताए । संघको सदस्य पदमा भने २७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचनका लागि साउन २८ गते शनिबारका समय तोकिएको चन्द्रपुर नगर उद्योग वाणिज्य संघ निर्वाचन समितिका संयोजक खड्गबहादुर तामाङले जानकारी दिए । लामो समयदेखि संघको निर्वाचन हुन सकेको थिएन । संघमा चन्द्रपुर नगर क्षेत्रमा व्यवसाय गर्ने २ हजार सदस्य रहे पनि ५ सय ९२ जनाले मात्र नविकरण गरेका छन् ।

प्रतिक्रिया