प्रधानमन्त्री देउवा र यादवबीच बालुवाटारमा छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । आइतबार साँझ देउवालाई भेट्न यादव प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

उनीहरुबीच जसपाका मन्त्रीहरु फेरबदलको विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ । यसअघि नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरु हेरफेर गरेको थियो ।

प्रतिक्रिया