आइएमई जनरल र ग्यालेक्सी क्लिनिकबीच सम्झौता

काठमाडाैं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेसियालिटी क्लिनिक प्रालिबीच सम्झौता भएको छ । दुई संस्साबीच आइएमईका ग्राहकहरूलाई ग्यालेक्सी क्लिनिकमा उपचारका क्रममा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार आइएमईका कर्मचारी, शेयरधनी र ग्राहकहरूले क्लिनिकमा उपचार गराउँदा परीक्षणमा १० प्रतिशतसम्म र ओपिडिमा २५ प्रतिशतसम्म छुट दिइने छ । सम्झौतापत्रम आइएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत श्री शरण रेग्मी र ग्यालेक्सीका प्रबन्ध निर्देशक शिवराज केसीले हस्ताक्षर गरेका छन् ।

त्यस्तै, ग्यालेक्सी क्लिनिकमा आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुको निर्जीवन बिमा आइएमईले सहज रूपमा गरिदिने पनि सम्झौतामा उल्लेख छ ।

प्रतिक्रिया