कामना सेवा विकास बैंकको शाखारहित बैंकिग सेवा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्यधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा कैलालीको जानकी गाउँपालिका–५ को अमौरामा शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको हो ।
यसैगरी, बैंकले राम चौधरी तयारी पोसाक उद्योगका प्रोपाइटर राम चौधरीलाई शाखारहित बैंकिङ सेवा सञ्चालनका लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ । यस शाखारहित बैंकिङ सेवाको उद्घाटन सोही वडाका वडा अध्यक्ष भिमबहादुर चौधरीले गरेका थिए ।
कार्यक्रममा जनप्रतिनिधि, व्यावसायिक प्रतिनिधि, स्थानीय व्यवसायी बैंकका अन्य कर्मचारीको उपस्थिति रहेको थियो । शाखारहित बैंकिङमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधा प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

प्रतिक्रिया