कठमाडौं । केही समयअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर चर्चामा आएका टिभि पत्रकार रवि लामिछानेको विगतको आर्थिक गतिविधिलाई लिएर सार्वजनिक रुपमै प्रश्न उठाउन थालिएको छ ।
उनले टेलिभिजन कार्यक्रम प्रस्तोता हुँदा उठाएको रकम यसबेला आएर विवादमा परेको हो । असार ७ गते सो राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै उनले पार्टी आर्थिक अवस्थामा जर्जर आएकाले त्यो बदल्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका जनाएका थिए ।
पार्टी घोषणा गर्दै उनले भनका थिए, ‘यो जर्जर संरचना परिवर्तनका लागि नयाँ राजनीतिक पार्टीबाट अघि बढ्छु, म यो देशलाई चाहिएको जस्तो दल बनाएर अघि बढ्छु, नयाँ दल बनाएर, नयाँ म्यान्डेट दिन तयार भएर आएको छु’, लामिछानेको घोषणा थियो ।
तर, दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदनको टुंगो नलाग्दै उनको विगतको आर्थिक लेनदेनप्रति प्रश्न उठाइएको छ । उनी राजनीतिमा आउनुअघि ‘रवि लामिछाने फाउन्डेसन’ गठन गरेर नेतासँग नामक कार्यक्रम सञ्चालन गर्नका लागि रकम उठाएका थिए ।
उनी त्यस फाउन्डेसनका अध्यक्ष रहेको बताइएको छ । समाजिक सञ्जालमा आएर अहिले उनले उठाएको रकमको रसिद समेत सार्वनजनिक भएको छ ।
सो रसिदमा साढे ३१ लाख रकम उठाइएको उल्लेख छ । लमिछाने पार्टीका सभापति भएपछि अब निजि मानिस रहेनन् । पार्टीका सार्वजनिक भएका छन् ।
त्यसैले त्यसबेला उठाएको रकमको हिसाब समेत सार्वजनिक गर्नु उनका लागि फाइदाको विषय हुने छ । ‘सार्वजनिक व्यक्तिले पार्टीको अध्यक्ष हुँदा आफ्नो सम्पती विवरण सार्वजनिक नगर्ने हो भने उनले दिन खोजेको नयाँं बिहानीको आसा कति सान्दर्भिक हुन्छ ?’, भन्ने प्रश्नको विषय बनेको छ।
प्रतिक्रिया