आज अन्तर्राष्ट्रिय लागूपदार्थ अवैध तस्करीविरुद्ध दिवस

काठमाडौं । आज अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस । हरेक वर्षको जुन २६ तारिखका दिन यो दिवस मनाइन्छ । यसको उद्धेश्य विश्व समुदायलाई लागुऔषधको असर र कारोवारवाट मुक्त गराउनु हो । तर, यो सफल हुन सकेको छैन । नेपालमा चाँही लागूऔषधको सेवन र तस्करीको अवस्था कस्तो छ त ?

असार २ गते नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले पत्रकार सम्मेलन गरेर एक अर्ब दुई करोड रुपैयाँ बराबरको सेतो हेरोइनसहित सात जना महिलालाई पक्राउ गरेको जानकारी दियो ।

जेठ २६ देखि ३१ गते एक हप्ताको अवधिमा ५१ किलो सेतो हेरोइनसहित सात जना अफ्रिकी महिलालाई पक्राउ गरेको थियो । केही दिनअघि मात्रै एक जना तान्जानियाका नागरिक, दुई जना भारतका र एक जना नेपालीसहित करिब ५ किलो हिरोइन काठमाण्डौको बौद्धबाट बरामद भयो ।

यि घटना त पछिल्लो उदाहरण मात्रै हुन् । नेपालमा लागूऔषध सेवन र कारोबार डरलाग्दो गरी बढिरहेको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ५ हजार १ सय ६७ जना अभियुक्त पक्राउ परेका छन् । तिमध्ये ४ हजार ७ सय ५४ जना पुरुष र २२१ जना महिला र २२१ जना महिला पक्राउ परेका छन् । त्यसैगरी १ सय ७६ जना विदेशी पुरुष र १६ जना विदेशी महिला अभियुक्त पक्राउ परेको ब्यूरोको तथ्यांकमा उल्लेख छ ।

विदेशी नागरिकसमेत लागुऔषध कारोबारमा संलग्न हुनुले नेपाल अन्तराष्ट्रिय रुपमै असुरक्षित छ कि भन्ने आशंका पैदा हुन्छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने विदेशी नागरिकलाई कडाई गराउन सुपुर्दगी सन्धीको खाँचो रहेको जानकारहरु बताउँछन् ।

अवैध कारोबारमा संलग्नलाई कारबाही गर्न लागि सुपुर्दगी ऐन बनाउनुपर्ने पूर्व प्रहरी प्रहरी अधिकारीको ठहर छ । नेपाल प्रहरीमा लागूऔषध नियन्त्रणका लागि जनशक्ति कम भएको र भएका जनशक्ति पनि दक्ष नहुँदा समस्या भएको पूर्व डिआइजी केशब अधिकारी बताउँछन् ।

यता नेपाल प्रहरीले भने लागुऔषध सेवन तथा कारोबार नियन्त्रणका लागि प्रभावकारी काम गरिरहेको दाबी गरेको छ । लागुऔषध विदेशबाट नेपाल भित्रिन नदिन पनि सफल भएको प्रहरी प्रवक्ता विष्णुकुमार केसी बताउँछन् ।

विभिन्न देशबाट पार गरेर नेपाल आएपछि पक्राउ पर्नुले अन्य देशको भन्दा नेपालको प्रहरी सफल भएको पुष्टि हुने केसीको तर्क छ । चालु आर्थिक वर्षको २०७८–७९ को ११ महिनामा ९ हजार ३ सय ६१ किलो गाँजा बरामद भएको छ । ४ सय ५८ किलो चरेस बरामद भएको छ ।

५८ किलो हिरोइन बरामद भएको छ । ४७ किलो अफिम, ३ किलो कोकिन बरामद भएको छ । मनोद्धिप लागुऔषध भनिने ट्याब्लेट १९ हजार ५ सय २९ वटा बरामद भएको छ ।

एम्पेटामाई १३ ग्राम भेटिएको ब्यूरोको तथ्याङ्कले देखाउँछ । चरेस बनाउन प्रयोग गरिने पोल्याण्ड भनिने लागुऔषध पनि ४ किलो भेटिएको छ ।

प्रतिक्रिया