नबिल बैंकको कामु सीइओको जिम्मेवारी सुजित शाक्यलाई

काठमाडौं । नबिल बैंकको कामु प्रमुख कार्यकारी अधिकृत (सीइयो) को जिम्मेवारी सजित शाक्यलाई दिएको छ । पूर्व सीइयो अनिल शाह चार वर्षे कार्यकाल पुरा गरी सोमबारबाट अवकाश भएपछि शाक्यलाई उक्त पदको जिम्मेवारी दिएको बैंकले जनाएको छ ।

शाक्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत हुन् । उनलाई केही समयका लागि मात्र कामु प्रमुख कार्यकारी अधिकृत बनाएको बताइएको छ ।

नेपाल बंगलादेश बैंकलाई नबिलले गाभ्दै छ । बंगलादेश बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानालाई नबिलले केही समयपछि कार्यभार सम्हाल्ने गरी नियुक्त गरिसकेको जनाएको छ ।

ज्ञानेन्द्रले असार १७ गतेदेखि नबिल बैंकको नेतृत्व गर्ने छन् । त्यतिन्जेलाई शाक्यले नबिलको नेतृत्व दिइएको हो । शाक्य नबिलमा आउनुअघि ग्लोबल आइएमइ बैंकमा कार्यरत थिए ।

प्रतिक्रिया