स्मार्टच्वाइस टेक्नोलोजिज र मोरु डिजिटलवीच सहकार्य

काठमाडौँ । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससिटि) र मोरु डिजिटल वालेट बिच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालन गर्ने सम्वन्धी सम्झौता सम्पन्न भएको छ । बिगत २० वर्षदेखि नेपाली मन र मुटुमा राज गर्दै कार्ड लगायत भुक्तानीका बिभिन्न सेवा दिदै आएका स्मार्टच्वाईस र मोरू डिजिटल वालेट बिच भएको यो सहकार्यले मुलुकको डिजिटल भुक्तानीको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

सम्झौतासंगै ५लाख मोरू वालेट प्रयोगकर्ताले १ लाख ६० हजार रुपैया स्मार्ट क्यूआर मर्चेन्टलाई भुक्तानी गर्न सक्नेछन भने मोरू वालेट मार्फत बिभिन्न ब्यापार—ब्यबसायमा संलग्न व्यबसायीले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई स्माट क्यूआरको सुविधा लिन सक्नेछन् ।

उत्कृष्ट प्रविधिले बनेको फाइनान्सियल स्विच मार्फत कारोबारको भुक्तानी तथा फस्र्यौट गर्ने भएकाले इ.एम.भि स्ट्यान्डर्डमा आधारित स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहने अपेक्षा गरिएको छ ।

सो सम्वन्धमा स्मार्टच्वाईसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र पे नेप (मोरू वालेट) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशितोष साह बिच स्मार्ट क्यूआर सेवा संचालन सम्झौतामा हस्ताक्षर भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया