काठमाडौ । बैंक अफ काठमाण्डू (बिओके) लिमिटेडद्वारा डिजिटल कारोबार विस्तार गर्नेक्रममा तनहुँ मासु व्यवसायी समितिको व्यवस्थापन रहेको व्यास नगरपालिका वडा नं. ३ स्थित दमौलीमा अवस्थित थोक तथा खुद्रा मासु बजारमा डिजिटल भुक्तानी सेवा सुरु गरेको छ ।
एक औपचारीक कार्यक्रमका बिच तनहुँ मासु व्यवसायी समितिका अध्यक्ष जिवन शाही तथा बैंकको गण्डकी प्रदेश प्रमुख ईश्वरी प्रसाद जोशीबाट संयुक्त रुपमा उदघाटन भएको हो । तनहुँ मासु व्यवसायी समितिद्वारा ३२ वटा भन्दा बढि थोक तथा खुद्रा पसलबाट माछा तथा मासुहरुको खरिद बिक्री भईरहेको छ ।
उक्त औपचारिक शुभारम्भ कार्यक्रममा तनहुँ मासु व्यवसायी समितिका अध्यक्ष शाहीले समितिद्वारा संचालित पसलमा क्युआर कोड सुविधा उपलब्ध गराई बैंकले भुक्तानी प्रणालीमा सहज बनाएर ब्यवसायीहरुलाई सहयोग गरेकोमा बैंकलाई धन्यबाद ज्ञापन गरेका थिए ।
बैंकको सक्रियताले उक्त मासु पसलका व्यवसायीलाई ब्यवसाय बिस्तारमा बैंकले सहयोग गर्ने अपेक्षा उक्त समितिले लिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका गण्डकी प्रदेश प्रादेशिक कार्यालयका प्रमुख ईश्वरी प्रसाद जोशीले मासु समिति र व्यवसायीलाई व्यवसायिक सहयोग गर्न बैंक सधै प्रतिबद्ध रहेको जानकारी दिए । स्थानीय स्तरका व्यवसायी समिति संगको सहकार्यमा बैंकले अन्य स्थानमा पनि बैंकिग सेवा तथा सुविधा प्रदान गर्न तत्पर रहेको जानकारी दिए ।
बिओकेले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने क्रममा बैंकले डिजिटल कारोबारको लागि रणनितीक महत्व भएका स्थानहरु छनौट गरी क्यूआर कोड सेवा संचालनमा ल्याइरहेको छ । सोही क्रममा बैंकले पशुपतिनाथ मन्दिर परिसर, कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजार, पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित लामो तथा छोटो दुरीको बसहरु, खाद्य स्टोर तथा पसलहरु, होटल तथा रेस्टुरेन्ट, हस्पिटल तथा अन्य महत्वपुर्ण स्थानमा क्यूआर कोड सेवा संचालनमा ल्याइसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।
हालसम्म बिओकेले १ सय १ शाखा कार्यालय, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिग सुविधा प्रदान गर्दै आईरहेको पनि बैकलो जनाएको छ ।
प्रतिक्रिया