सेञ्चुरी बैंक र अलफ्ट बीच सम्झौता

काठमाडौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र अलप्mट काठमाडौं ठमेल बीच विभिन्न सेवा सुविधामा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहक, मोबाईल बैंकिग प्रयोगकर्ता, ग्राहकवर्ग तथा बैकका कर्मचारीलाई अलफ्ट काठमाण्डौं, ठमेलको नुक डब्लुएक्सवाईजेट र रि फ्युल रेष्टुरेन्टमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र एलोफट होटेल काठमाण्डौंका तर्फबाट बजार प्रमूख पवन राजभण्डारीले हस्ताक्षर गरेका हुन । बैकले १ सय ४४ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिग र १ सय १५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया