सानिमा बैंकको ‘ग्रीन पिन’ सेवा

काठमाडौ । सानिमा बैंकले आफ्ना ग्राहकका लागि ग्रीन पिन सेवा ल्याएको छ । ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो । ग्राहकले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एस्.एम्.एस्.द्वारा पाएको कोडबाट आफ्नो डेबिट/क्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् । उक्त कोड पाएको २४ घन्टाभित्र नजिकैको सानिमा बैंकको एटिएम् मा गएर पिन परिवर्तन गर्नु पर्ने व्यवस्था बैकले गरेको छ ।

ग्रीन पिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्नु र डिजिटल बैंकिगलाई अझ सहज, सुरक्षित र सुबिधाजनक बनाउनु हो । बैंकको देशको सातै प्रदेशमा १ सय २६ कार्यालय तथा १ सय १७ वटा ए. टि. एम् संचालनमा रहेका छन् ।

प्रतिक्रिया