सांग्रिला डेभलमेन्ट बैंकको साइकल र्याली

काठमाडौ । विश्व बातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले ‘इन्धन वचाउ पृथ्वी वचाउ, साइकल चलाउ इन्धन वचाउ’ जस्ता नाराका साथ साईकल ¥यालिको आयोजना गरेको जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुुयोग श्रेष्ठबाट साइकल ¥यालीमा सहभागीलाई इन्धन वचाउन बैंकले चालेका कदमको विषयमा संवोधन गरे पश्चात साईकल ¥यालीको शुरुवात गरिएको थियो । बैंकको केन्द्रिय कार्यालय बालुवाटार बाट सुरु भई भाटभटेनी, नक्साल, ज्ञानेश्वर, कृष्ण पाउरोटी, पुतलीसडक, शहिदगेट, माइतीघर, भद्रकाली मन्दिर, जमल, दरबार मार्ग, लैनचौर, कालिका टावर हुँदै वालुवाटारमा पुगेर सम्पन्न भएको उक्त साइकल र्यालीमा बैंकका सस्थापक र सञ्चालक, प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ, बैंकको उच्च व्यवस्थापन तहका कर्मचारी, विभागीय प्रमुख तथा अन्य कर्मचारीको उपस्थिती रहेको थियो ।

इन्धन खपत घटाउने समग्र देशको प्रयासमा केही इँटा थप्ने उद्देश्यले बैंकमा कार्यरत कर्मचारीलाई कार्यालय आवात जावत गर्दा विद्युतीय सवारी साधनको प्रयोग, सार्वजनिक यातायातको प्रयोग, कम इन्धन प्रयोग हुने सवारी साधनको प्रयोग, साईकलको प्रयोग तथा हिंडेर कार्यालय आवत जावत तथा कार पुलिग गर्न उत्पे्ररित गरिरहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया