‘सीएनआईभीईएफ नेपाल स्टार्टअप फेस्ट’ आयोजना हुँदै

काठमाडाैं । नेपालमा नवप्रवर्तनकारी व्यवसाय (स्टार्टअप्स) को प्रवर्द्धनका लागि कन्फेडेरेसन अफ नेप्लिज इन्डस्ट्रिज योङ इन्टरप्रेनर्स फोरमले आगामी जुन २५ मा ‘सीएनआईभीईएफ नेपाल स्टार्टअप फेस्ट आयोजना गर्ने भएको छ ।
होटल सोल्टीमा हुने सो कार्यक्रममा करिब ३ हजार स्वदेशी तथा विदेशी उद्यमी, लगानीकर्ता, विद्यार्थी लगायतको सहभागीता रहने अनुमान गरिएको जनाएको छ ।

नेपालमा स्टार्टअप्सलाई अभियानका रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको स्थापित गर्ने उद्देश्यसले यस कार्यक्रम आयोजना गर्न लागिएको जानकारी फोरमका अध्यक्ष अमुन थापाले जानकारी दिए ।

स्टार्टअप्सलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको भन्दै त्यसको कार्यान्वयनका लागि समितिले सरकारसँग सहकार्यक्रमा काम गर्न सक्ने बताए । उनले व्यवसायका स्वरुपहरु परिवर्तन भइरहेको र नयाँ क्षेत्रहरुमा काम गर्ने संभावना रहेको उल्लेख गरे ।

प्रतिक्रिया