अहिलेकै गतिमा देशले प्रगति गर्न सक्दैन’ हामी परिवर्तन हुनैपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालका अग्ला डाँडामा कृत्रिम टावर नचाहिने बताएका छन् । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि संसदमा जारी छलफलमा सहभागी हुँदै नेपालले यस्तो बताएका हुन् ।

‘नेपालमा ठूला ठूला टावर चाहिँदैन आफैं टावर हुन् । यहाँ गेटहरु बनाउन जरुरी छैन’, उनले भने, ‘नेताहरुपिच्छे जिल्ला जिल्लामा एयरपोर्ट बनाउनु आवश्यक छैन । खोलाको दुई दुई किलोमिटरमा पुल पनि चाहिँदैन ।’

उनले काठमाडौंमा बालेन साह र धरानमा हर्कराज साम्पाङको सफलताको कुरा जनताको समस्यालाई हेर्ने र बुझ्ने कुराले सम्भव भएको पनि बताए ।
नेपालले अहिलेकै गतिमा देशले प्रगति नगर्ने पनि बताए । ‘यही प्रणालीमा चलिरहने हो भने देशले प्रगति गर्न सक्दैन’, उनले भने, ‘हामी परिवर्तन हुनैपर्छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले परराष्ट्र नीतिमा कुनै समस्या आउन नहुने बताए । ‘हामीले कुनै शक्तिसँग झुक्नु जरुरी छैन’, उनले भने, ‘कुनै शक्तिसँग नेपालले निरीह भइरहनुपर्दैन ।’

प्रतिक्रिया