बालेनलाई सिर्जनाकाे बधाई

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा पराजित नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले निर्वाचित बालेन शाहलाई बधाई दिएकी छन् । ‘लोकतान्त्रिक अभ्यासको यो परिणामलाई म हार्दिकतापूर्वक स्वीकार र आत्मसाथ गर्दछु,’ उनले लेखेकी छन्, ‘काठमाडौं महानगर प्रमुखमा निर्वाचित श्री बालेन्द्र साहलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु ।’

बिहीबार राति अन्तिम मतपरिणाम घोषणा भएपछि ट्विट गर्दै सिंहले प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबैलाई बधाई दिँदै रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

उनलाई गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले काठमाडौं महानगरपालिका प्रमुखको उमेदवार बनाएको थियो । उनले ट्विटमा विजयी हुने गरी मत जित्न नसके पनि मन जित्न सकेको उल्लेख गरेकी छन् । ‘विजयी हुने गरी निश्चय नै मत जित्न सकिन तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकेँ,’ उनले लेखेकी छन् ।

प्रतिक्रिया