निजगढमा विमानस्थल बनाउन रोक लगाउने निर्णय ‘दुर्भाग्यपूर्ण’ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाउने सर्वोच्च अदालतको निर्णय ‘दुर्भाग्यपूर्ण’ रहेको टिप्पणी गरेका छन् ।

उनले सर्वोच्चको फैसालाले कार्यकारीको क्षेत्राधिकार अतिक्रमण गरेको पनि टिप्पणी गरेका छन् । साथै नेपालको राष्ट्रिय सामर्थ्य र विकासको सम्भावनामाथि पनि आँच पुर्‍याएको उनको भनाइ छ ।

‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी आज सर्वोच्च अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण छ । यसले कार्यकारीको क्षेत्राधिकार त अतिक्रमण गरेको छ नै नेपालको राष्ट्रिय सामर्थ्य र विकासको सम्भावनामाथि पनि आँच पुर्‍याएको छ,’ उनले भनेका छन्, ‘आखिर कसरी र कसको हितमा हुन्छन् यस्ता फैसला ?’

बिहीबार सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय र अहिलेसम्म गरेका सबै निर्णय बदर गरिदिएको छ ।

प्रतिक्रिया