‘रियल वेटिङ’ सरकारको अर्थ : ओलीको अधैर्य छटपटी

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली राजनीति भाषणमा धेरै ब्यंग मिसाउछन् । यहीकारणले उनी कहिले आलोचित र कहिले प्रशासित हुने गरेका छन् । संसदको झण्डै दुइ तिहाईको सरकार ढल्दा पनि उनमा ग्लानी वा लज्जाबोध देखिएको थिएन् । उनले सबै दोष बिपक्षीहरुलाई दिए । त्यसमा मुख्य गरी एमाले बिभाजन गरेर गएका माधव नेपाललाई दिए । अर्र्थात ओलीको शैली आफुतिर औला तन्काएर समीक्षा भएन । उनको यो शैली आफु नाङ्गो नाचेर अरुलाई आँखा चिम्ली भने जस्तो भयो । ओली नेतृत्वको सरकारविरुद्ध हाव हुरी चलेको सुईको पाएपछि उनलाई आफु नजिकका धेरैले सल्लाहा दिएका थिए– प्रचण्डको भर नपर्नुस । ओलीलाई धेरैले सुझाव पनि दिएका थिए – माधव नेपालाई पर राखेर प्रचण्डलाई काखी नच्याप्नुस ।

तर ओलीका वरिपरि अन्धा सल्लहाकार थिए । जसरी दरवारमा हुक्के बैठके चिलिमे हुन्थे त्यसैगरी बालुटारमा त्यो गुण भरिदै गयो । तीनीहरुले तत्कालीन प्रधानमन्त्री ओलीलाई जे गरेपनि ठिक हुने भन्दै तारिफ गरेर उकास्ने काम गरे । फागुन २८ गते सर्बोच्चबाट फैसला भएपछि नेकपा एमाले धुम्बाराही फर्कियो्। माओवादी केन्द्र पेरिस डाँडा फर्कियो । बीचमा परे माधव नेपाल । त्यत्रो पटक प्रधानमन्त्री भएको १५ बर्ष पार्टी हाँकेको मान्छेका लागि अपमान सहनु स्वभाविक थिएन् ।

जव एमाले र माओवादी फरक भए त्यसका हकदार माधव नेपालहरु पनि थिए। पार्टीमा ओली जमिन्दार माधव नेपालहरु रैति थिएनन् । तर जसरी माओवादी युद्धकालमा धनीका घर र खेतमा माओवादीले झण्डा गाड्थे त्यसैगरी एमालेको स्थायी समितिको बैठकमा ओलीले झण्डा गाडे । नेपाल पक्षको बहुमत रहेको स्थायी समितिमा ओलीले कैची चलाए। त्यस लगतै बालुवाटारमा ढोकामा आग्लो ठोकेुर डिएन ए टेष्ट गर्दै मानिसहरु भित्र छिराएर केन्द्रीय समितिमा स्थायी समिति सदस्य थपेको निर्णय अनुमोदन गराए ।

एमाले ओलीको मात्र पसिनाले ठुलो बनेको पार्टी थिएन। त्यसमा सबै नेताको उत्तिकै योगदान थियो । तर आलोचकहरुलाई पोलपोट शैलीमा उनले राजनीतिक रुपमा कत्लेआम गरे । पार्टीमा एकल नेतृत्वमा चलाउने प्रयास गरे। यसैको परिणाम अहिले देखिदैछ । जब माधव नेपालहरुलाई ओलीले पार्टीबाट हिड्न बाध्य पारे, तब एमालेमा आन्तरिक लोकतन्त्रको चीर हरण हुन थाल्यो । त्यसपछि पार्टी भित्र नाम मात्रका लोकतान्त्रिक अभ्यास भए । ओलीको अनुचरहरुबाट ओलीको निर्देशनमा तयार भएका नामका केन्द्रीय समिति बन्न थाले । पार्टीका बिभिन्न निकायहरु जनता प्रति होइन ओलीप्रति उत्तरदायी हुन थाले । यहींबाट शुरु भयो एमालेको उल्टो यात्रा । स्थानीय चुनावमा ओालीको यही असन्तुष्टि पार्टी भित्र र बाहिर देखियो । ओली भित्रै पनि गुट र उपगुट देखिएका छन् । तीनकै घात अन्तरघात एमालेमा भयो ।

ओलीको अलोकतान्त्रिक शैलीका कारण कुनै पनि निकायमा हार वा जीतको जिम्मा स्थानीय कमिटीले लिन आवश्यक ठानेका छैनन् । यसका लागि मुख्य दोष नै ओलीको दम्भ हो । बिहीबार ओलीले नीति तथा कार्यक्रमलाई संवोधन गर्दै वैटिङ सरकार एमाले भएको घोषणा भित्र कति दम छ ? त्यो समयले बताउला । तर उनको शैली नसच्चिए सम्म उनको यो भनाईलाई केवल सत्ताको अधैर्य छटपटी मात्र मान्न सकिन्छ ।

प्रतिक्रिया