पशु कल्याण ऐन बन्दै

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका मन्त्री महिन्द्रराय यादवले पशु कल्याण ऐन ल्याउन लागिएको जानकारी दिएका छन् । राजधानीमा आयोजना भएको ‘नेपालमा पशु कल्याणको बर्तमान अवस्था र आगामी कार्यदिशा’ नामक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।
पशुपंछी तथा मत्स्य विकास निर्देशनालय, बागमती प्रदेश र स्नेहाज् केयरको संयुक्त आयोजनामा आयोजित उक्त कार्यक्रमले नेपालमा पशु कल्याण ऐन तत्कालै बनाउनुपर्ने बिषयमा घोषणा पत्र पनि जारि गरेको छ ।

संघिय कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, सात वटै प्रदेश मन्त्रालय, नेपालमा कृयाशिल बिभिन्न पशु कल्याण संघ र अन्य सरोकारवालाहरुको सहभागिता भएको उक्त कार्यक्रममा नेपालको शिक्षा प्रणाली, चिडियाखाना र समर्ग देशमा पशु कल्याणको अवस्था, बिश्व पशु स्वास्थ्य सङ्गठन अनुरुप पशु कल्याणको ब्यबस्था र पशु कल्याण सम्बन्धी बिधमान कानुनी अवस्थाको बारेमा ७ वटा कार्यपत्र प्रस्तुत भएको थियो ।

प्रतिक्रिया