बिचौलीया, घुसखोरी, कमिसनखोरी र नातावादको ‘रातोबत्ती’ बन्लान् बालेनहरु ?

काठमाडौं । यस पटक नेपालका महत्वपूर्ण स्थानीय तह महानगर र उपमहनगरमा स्वतन्त्रहरुले चुनाव जिते । त्यो पनि बडो उत्साहका साथ । कतिको अन्तिम घोषणा हुन बाँकी छ । यद्यपि उनीहरु निकट्तम भन्दा अगाडि छन् ।

अहिले काठमाडौंमा बालेन्द्र साह सम्भवत सबैभन्दा बढी भोट ल्याएर जित्नेमा पर्छन् । त्यसैगरी धरानका स्वततन्त्र उम्मेदवार हर्कराज राई पनि सेलिब्रेटी मेयरमा परेका छन् ।

जनकपुरका मनोज शर्मा र धनगढीका गोपाल हमाल पनि लोकप्रिय भोट ल्याएर जित्नेमा पर्छन् । काठमाडौंका बालेन साहका मतदाता अधिकांश नयाँ पुस्ताका छन् । उनको लवाई ख्वाई, बोलीचाली र बाहिरी गेटअपलाई उमेर समूहका मतदाताले मनपराएको देखिएको छ ।

अर्थात बालेन साह जितको एउटा कारण समाजिक सञ्जाल प्रयोगकर्ता पनि हुन् । यसो भनेर उनको क्षेमतालाई कम आंक्न खोजिएको होइन ।
जनतामा हरेक परिवर्तनको आशा हुन्छ । दलीय व्यवस्थामा यसका लागि दलको विकल्प खोजिन्छ । जव दलको विकल्पमा समेत विश्वास हराउँदै जान्छ तब व्यक्तिमा आशा र भरोसा बढ्दै जान्छ । बालेन साहलगायत स्वतन्त्र विजेताहरुमा पनि यस्तै विषयले काम गरेको पाईन्छ ।

पंचायतको विरोध गरेर बहुदलीय व्यवस्था ल्याएका जनताले कुनै बेला नेपाली कांग्रेस, कुनै बेला एमालेलाई अगाडि सार्दै आए । तर, तीनबाट समेत जनताको आशा पुरा हुन सकेन । समस्या जहाँको त्यहीँ छ । तर, चुनावका बेला कि सूर्य कि रुख छान्ने विषयले बेला–बेलामा स्वतन्त्र नागरिकलाई वाक्क बनाएको थियो ।

यसैको विकल्पहरु निस्किएका हुन् बालेन साहहरु । निर्वाचन जितेपछि भाई भतिजा वा साला सालीको चकचकी चल्ने अभ्यास नेपालमा दिनप्रतिदिन बढ्दै गएको छ । पार्टीभित्र पनि आफ्नो पार्टी, त्यसभित्र पनि आफ्नो गुट र त्योभित्र पनि आफन्त खोज्ने र तिनलाई अवसर दिने प्रचलन तीब्र हुँदै गएको छ ।

दलका नेताहहरुको किचेन क्याविनेटमा बिचौलीया, जग्गा दललु कमिसनखोर र ठेकेदारको बोला–बाला चल्छ । उनीहरुको ईसारामा नै टिकट विक्री वितरण हुन्छ । त्यसैको विरोधको रातो बत्ती मात्र हुन् बालेन साहहरु बालेन साहका अगाडि फेरि फेरिका अनेक चुनौती छदैछन् । तिनका वरिपरि दलका जंजीरहरु ठडिएर बसेका छन् ।

तीनलाई चुडाल्न उनीहरुले कति सक्छन्रु त्यो भने समयले बताउँछ। दलीय व्यवस्थाका मात्र होइन, एकल नेतृत्वको पनि बिकृतिहरु छन् । दलका नेताले जति पनि काम गर्न सकेनन् भने बालेन साहहरुले चुनावको आँगनमा कतिको ढलिमलि गर्न पाँउछनरु यो प्रश्न पनि उत्तिकै छ ।

बालेन साहहरुलाई एकल नेतृत्व लिएर नेतृत्वमा गए पनि धेरैतिर समन्वयको पहाड खडा हुने छ । प्रदेश सरकार, संघीय सरकारलाई एकातिर मनाउन उनीहरुलाई चुनौती छ भने अर्कोतिर जनताको दैनिक समस्या । दलका नेताभन्दा उनीहरुको काम गर्ने शैली राम्रो भएन भने जनताले फेरि भन्ने छन्– भो तिर्खा लाग्यो भनेर अब फेरि विष नपिउँ ।

प्रतिक्रिया