‘एमाले अहले कुहिएको फर्सी जस्तो भएको छ’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेको आलोचना गरेका छन्। बिहीबार सत्ता गठबन्धनको भरतपुरमा आयोजित सभामा सम्बोधन गर्दै उनले एमालेलाई आफैंले फलाएको बताए ।

‘हेर्दाखेरि क्या राम्रो फर्सी फलेको जस्तो लाग्यो । त्यो फर्सी फलाएको हामीले नै हो। दाबाका साथ भन्छु, मैले नै हो । त्यो पार्टीको प्रमुख भएको नाताले। तर त्यो फर्सी अहिले कुहिसकेको छ । त्यो फर्सीको कुनै काम छैन। कुहिसकेको फर्सीतर्फ कसैले नहेरे हुन्छ । रोगब्याधि मात्रै लाग्छ, खानुभयो भने, सुंघ्नुभयो भने,’ उनले भने ।

सभामा सम्बोधन गर्दै अध्यक्ष नेपालले मेयर उम्मेदवार रेणु दाहालको प्रशंसा गरेका थिए । ‘रेणु दाहालको भाषण सुनेर दंगदास भएको छु,’ उनले भने ।

प्रतिक्रिया