निफ्रा र वेयरहाउजिंग कम्पनी सम्झौता

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले नेपाल वेयरहाउजिग कम्पनी लिमिटेडमा सेयर लगानी गर्ने भएको छ । निफ्रा र वेयरहाउजिङ कम्पनी बीच बिहीबार सेयर लगानी गर्ने सम्झौता भएको हो । निफ्राले वेयरहाउजिङमा ५ करोड रुपैयाँ स्वपुँजी लगानी गर्ने छ ।

वेयरहाउस कम्पनीको कूल जारी पुँजी ५५ करोड रुपैयाँ छ । कम्पनीले वैज्ञानिक खाद्यन्न भण्डारण गृह, वोलकवोलको माध्यमबाट खाद्यन्न किनवेच र खाद्यन्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा बैंक तथा वित्तीय संस्था मार्फत ऋण प्रवाह हुने वातावरण तथा उपयुक्त पूर्वाधार निर्माण गर्ने उदेश्य लिएको छ ।
कम्पनीले सञ्चालन गर्न लागेको र निर्माण भईरहेका परियोजनाको लागत १ अर्ब ३९ करोड रहेकोमा सो लगानीमध्ये ९४ करोड रुपैयाँ ऋण र बाँकी स्वपुँजीबाट परिचालन गरिनेछ । कम्पनीको हालको पुँजी २३ करोड ३७ लाख रुपैयाँ रहेकोमा सेयरधनीहरुबाट समेत गरि जम्मा ५५ करोड रुपैयाँ जुटाइने छ ।

अन्य लगानीकर्ताहरुबाट बाँकी हुन आउने ५० करोड जम्मा भए पश्चात आगामी आर्थिक वर्ष ०७९/०८० मा प्राथमिक सेयर निष्कासनबाट कूल पुँजीको २० प्रतिशतमा हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनबाट लगानी जुटाईने कम्पनीले जनाएको छ ।

कम्पनीमा निफ्राले बैंकले स्वपुँजी तथा ऋण लगानी गर्ने उदेश्य लिएको छ । कम्पनी संस्थापन गर्नका उद्देश्यहरु मध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारणगृह निर्माण गरी सो भण्डारणमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ ।

कृषकको आवश्यकता वमोजिमको सुरक्षित तथा बैज्ञानिक तबरको भण्डारण गृह हाल सम्म सञ्चालनमा नरहेको हुँदा आफ्नो उत्पादनलाई तत्काल सस्तो मूल्यमा बजारमा बिक्री गर्नुपर्ने वाध्यता कृषकसँग रहिरहेको छ ।

अर्कोतर्फ त्यहि खाद्यान्न केहि महिनाको छोटो अन्तरालमा महँगो मूल्यमा कृषक समेतले दैनिक उपभोगका लागि खरिद गर्नुपर्ने अवस्था छ । यो समस्याको समाधानका लागि कम्पनीले देशका तीन वटा महत्वपुर्ण स्थानहरु सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औधोगिक प्रतिस्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया