महालक्ष्मी विकास बैंकका ग्राहकलाई छुट

काठमाडौ । महालक्ष्मी विकास बैंक लिमिटेड र भैरहवामा अवस्थित अाँगन रेष्टुरेन्ट एण्ड थकाली घर बिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात बैंकको डेबिट कार्ड, स्क्यान पे, महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले रेष्टुरेन्ट तथा बारका विभिन्न सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन ।


यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षत्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १ सय ३ शाखा मार्फत करिब ६ लाख ग्रहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया