कास्कीको बगरमा बिओकेको शाखा विस्तार

काठमाडौ । बैंक अफ काठमाण्डू (बिओके) ले पोखरा महानगरपालिका वडा नं. ०१, बगरस्थित शाखा विस्तार गरेको छ ।
नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेल तथा बैंकका संचालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठले संयुक्त रूपमा बगर शाखाको उदघाटन गरेका हुन ।

कार्यक्रममा बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले ग्राहकको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवा उपलब्ध गराई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराउँदै जानेमा बैंक प्रतिबद्ध रहेको जनाए । बैंकले गण्डकी प्रदेशमा अन्य शाखा कार्यालय पनि संचालनमा ल्याउने योजना रहेको जानकारी दिएका थिए ।

पोखरा कार्यालयका निर्देशक डा.खरेलले नेपाल राष्ट्र बैंकको उद्देश्य बमोजिम विभिन्न स्थानमा शाखा कार्यालय संचालन गरी आम जनमानसलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गरिरहेको बताए । बिओकेले हाल ९७ शाखा कार्यालय, ८८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सुविधा प्रदान गरीरहेको पनि जनाएको छ ।

प्रतिक्रिया