कैलालीमा सत्तारुढ गठबन्धनका आधिकारिक उम्मेदवार सार्वजनिक

धनगढी । कैलालीमा सत्तारुढ गठबन्धनले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वानका लागि आधिकारिक उम्मेदवार सार्वजनिक गरेको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को तीन दलिय गठबन्धनले बुधबार एक विज्ञप्ति जारी गर्दै आधिकारिक उम्मेदवार सार्वजनिक गरेको हो ।

सत्ता गठबन्धनले वितरण गरेको टिकटमा असन्तुष्टि जनाउँदै भागबण्डा गरेका स्थानीय तहमा आधिकारिक उम्मेदवार बाहेकका पार्टीभित्रकै नेता कार्यकर्ताले उम्मेदवारी दर्ता गराएका थिए । नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट, नेकपा (माओवादी) का सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरी र एकीकृत समाजवादीका केन्द्रय सदस्य दीर्घ सोडारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिकामा नगर प्रमुखमा नेपाली कांग्रेसबाट नृपबहादुर वड,उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) बाट शान्ति अधिकारी, गोदावरी नगरपालिकामा नगर प्रमुखमा नेपाली कांग्रेसबाट वीरेन्द्र भट्ट, उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) बाट रत्ना कडायत र घोडाघोडी नगरपालिकामा नगर प्रमुखमा नेकपा (एकीकृत समाजवादी) बाट खडक रावत, उपप्रमुखमा नेपाली कांग्रेसबाट गुलियादेवी चौधरी गठबन्धनका आधिकारिक उम्मेदवार भएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी लम्कीचुहा नगरपालिकामा नगरप्रमुखमा नेपाली कांग्रेसबाट सुशीला शाही, उपप्रमुखमा माओवादी केन्द्रबाट जानकी सिंह, टीकापुर नगरपालिकामा नगरप्रमुखमा नेपाली कांग्रेसबाट नवराज रावल, उपप्रमुखमा माओवादी केन्द्रबाट खडक शाह, भजनी नगरपालिकामा नगरप्रमुखमा माओवादी केन्द्रबाट शेरबहादुर चौधरी उपप्रमुखमा नेपाली कांग्रेसबाट गोकेन्द्र भण्डारी र गौरीगंगा नगरप्रमुखमा माओवादी केन्द्रबाट देवीदत्त कँडेल, उपप्रमुखमा नेपाली कांग्रेसबाट भोजबहादुर बम नै आधिकारिक उम्मेदवार रहेको जनाइएको छ ।

त्यसैगरी चुरे गाउँपालिकामा अध्यक्षमा एकीकृत समाजवादीबाट लोकबहादुर सारुमगर, उपाध्यक्षमा नेपाली कांग्रेसबाट धना थापा, जानकी गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसबाट परशुराम महतो कठरिया, उपाध्यक्षमा माओवादी केन्द्रबाट जयप्रकाश दहित, जोशीपुर गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसबाट बंशराम कठरिया, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट दीर्घ विनाडी, कैलारी गाउँपालिकामा अध्यक्षमा नेकपा (माओवादी केन्द्र) बाट लाजुराम चौधरी, उपाध्यक्षमा नेपाली कांग्रेसबाट भगवतीकुमारी चौधरी, मोहन्याल गाउँपालिकामा अध्यक्षमा माओवादी केन्द्रबाट देवीदत्त उपाध्याय, उपाध्यक्षमा नेपाली कांग्रेसबाट कमलबहादुर साउद र बर्दगोरिया गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसबाट शेरबहादुर कठरिया, उपाध्यक्षमा माओवादी केन्द्रबाट गणेश गिरी आधिकारिक उम्मेदवार रहेको जनाइएको छ ।

प्रतिक्रिया