स्थानीय तह निर्वाचन : आज र भोलि उजुरीमाथि छानबिन गर्दै निर्वाचन आयोग

काठमाडौं । बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि निर्वाचन (जाँचबुझ) छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो ।

आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन जानकारी दिए । आज र भोलि छानबिन गरेर आयोगले निर्णय पनि लिनेछ ।

बिहीबार उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगको तयारी छ । १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने छ । निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ । स्थानीय तहका करिब ३५ हजार पदका लागि झण्डै दुई लाख मनोनयन परेको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया