काठमाडौं । श्रीमानले दिएको शारीरिक तथा मानसिक यातना सहन नसकेर जिवीकोपार्जनका लागि काठमाडौंको जमलमा शर्मिला (नाम परिवर्तन) किताब पसलमा काम गरिरहेकी थिइन् । दैनिक रूपमा श्रीमानले बबरमहलस्थित कोठामा साथीभन्दै ल्याउँथे नुवाकोट दुप्चेश्वर गाउँपालिकाका जान्द्रे तामाङ भन्ने रामबहादुर तामाङलाई । रामबहादुरले शर्मिलालाई फकाउन थाले । ‘तिमी त असाध्यै मिहिनेती रहिछौ । श्रीमानको पिटाइ खाएर कति बस्छौ ? म तिमीलाई राम्रो काम दिलाइदिन्छु विदेश जान्छौ ?’ भनेर प्रस्ताव राख्थे । काम गरेबापत तलब पनि राम्रो पाउँछौ भनेर रामबहादुरले प्रस्ताव राखेपछि शर्मिलाले पनि आफ्नो दुःखद् वर्तमान सम्झिइन् ।
श्रीमानको दिनानुदिनको खप्की खानुभन्दा काम गरेर पैसा कमाएपछि आफ्नो भविष्य सुनिश्चित रहने विश्वासमा शर्मिलाले रामबहादुरको प्रस्ताव स्वीकार गरिन् । रामबहादुरले भने अनुसार सर्मिलाले साडीमा बुट्टामात्रै भर्ने काम गर्नुपथ्र्यो । उक्त काम गरेबापत शर्मिलाले खानेबस्ने सुविधासहित मासिक १० हजार रुपैयाँ पाउने आश्वासन रामबहादुरबाट पाएकी थिइन् । शर्मिला काममा जान राजी भइन् । गएको असोजमा रामबहादुरले शर्मिलालाई भाडाको बस चढाएर भारतीय सीमामा पुर्याए । त्यतिबेलासम्म पनि शर्मिला ढुक्क थिइन्, साडीमा बुट्टाभर्ने कामबारे । तर, भारतको दिल्लीस्थित जिबी रोड ५९ मा रहेको कोठीमा पुगेपछि शर्मिला झसंग भइन् । उनले आपूm गलत व्यक्तिको षडयन्त्रमा फसेको चाल पाइन् ।
शर्मिला र केशरी प्रतिनिधि पात्र मात्र हुन् । नेपालबाट दुबई, इथियोपिया, बोलिभिया, रसिया, मेक्सिको, अमेरिका, नाइजेरिया, कोलम्बिया, स्पेन, होन्डुरससम्म मानवतस्करीको जालो फैलिएको ब्युरोले जनाएको छ । अधिकांश पीडित सुरुमा कामसँगै पैसाको लोभमा विदेश होमिने र पछि मात्रै आफू बेचिएको थाहा पाउने गरेका छन् ।
कोठीमा शर्मिलाको काम थियो, दैनिक १५ देखि २० जनासँग शारीरिक सम्पर्कमा राख्नु । त्यसबीचमा दिल्ली प्रहरीले कोठीमा छापा पनि मा¥यो । तर, कोठी सञ्चालकले शर्मिलालाई लुकायो । एक वर्षसम्म सोही कोठीमा राख्यो । बेश्यावृत्तीमा लगायो । एक वर्षपछि कोठी सञ्चालकले दिल्लीकै ६४ नम्बरको कोठीमा शर्मिलालाई बिक्री ग¥यो । त्यसको केही समयपछि शर्मिला बिरामी परिन् । उनमा पाठेघरमा पानी जम्ने र क्षयरोगको समस्या देखियो । मेडिकल जाने क्रममा चितवनकी एक महिलासँग शर्मिलाको चिनजान भयो ।
ती महिलासँग उनले आपूm षडयन्त्रमा फसेको र आफूमाथि यौन दुव्र्यवहार भएको गुनासो गरिन् । फोन नम्बर पनि साटासाट गरिन् । चितवनकी ती महिलाले नेपालमा रहेका शर्मिलाको आफन्तसँग कुरा गरेर नयाँ दिल्लीबाट उद्धार कार्यमा सहयोग गरिन् । पैसा कमाएर सुखद् जीवन बिताउने शर्मिलाको सपना साकार हुन सकेन । बरु उनले सिथिल शरीर र थकित मन लिएर स्वदेश फर्किनु प¥यो । नेपाल फर्केर उनले मानव बेचबिखन अनुसन्धान ब्युरोमा रामबहादुरबिरुद्ध उजुरी गरिन् ।
ब्युरोले रामबहादुरलाई बालाजु फुटुङस्थित नागपोखरीबाट पक्राउ गर्यो । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा रामबहादुरविरुद्ध जिल्ला अदालतले यही चैत १५ गते ३२ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना भराउने फैसला गर्यो । उनी अहिले कारागारमा कैदी जीवन बिताइरहेका छन् । ब्युरोको इतिहासमा ३२ वर्ष कैद ठेकिएका रामबहादुर पहिलो अभियुक्त हुन् । लमजुङकी केशरी (नाम परिवर्तन) की पीडा पनि शर्मिलाको भन्दा कम छैन । बाग्लुङ घर भएर थाइल्यान्डमा कपडा पसलमा काम गर्ने राजेन्द्र खड्कासँग उनको चिनजान भयो । केशरीसँग खड्कालाई चिनाएका थिए, कमल बस्नेत नामका व्यक्तिले ।
खडकाले बेल्जियमस्थित होटलमा काम गरेबापत मासिक एकदेखि डेढ लाख रुपैयाँ आम्दानी हुने आश्वासन केशरीलाई दिए । केशरीलाई पनि डेढ लाखको सपनाले लोभ्यायो । उनी काममा जान तयार भइन् । काम लगाइदिएबापत बस्नेतले आठ लाख रुपैयाँसमेत लिए, केशरीसँग । खड्का र बस्नेतले केशरीलाई भैरहवास्थित भारतको गोरखपुर नाकाबाट कलकत्ताहुँदै थाइल्यान्ड पनि पुर्याए । थाइल्यान्डमा रहेको खड्काको डेरामा केशरीलाई १५ दिन राखियो । उक्त डेरामा पर्विन्दर सिंह नामका व्यक्तिसँग केशरीको चिनजान गराइयो ।
त्यसबीचमा केशरीलाई सिंहसँग शारीरिक सम्पर्क राख्न बाध्य पारियो । उक्त घटना कसैलाई बताए ज्यान मार्ने धम्कीसमेत दिइयो । त्यसपछि मलेसियाका हाजी साब भन्ने व्यक्तिले बेल्जियमको भिसा लगाइदिन्छ भनेर केशरीलाई खड्काले मलेसिया पठाए । तर, मलेसिया पुगेपछि हाजी भन्ने व्यक्तिले भिसा लगाउने कागजात नपुगेको भन्दै केशरीलाई मलेसियामै अलपत्र छाडिदियो । केही समयपछि मलेसियामा रहेका बहिनीज्वाइँसँग केशरीको सम्पर्क भयो । उनै ज्वाइँले कलकत्ताहुँदै केशरीलाई नेपाल पठाए ।
नेपाल आएपछि खड्का र बस्नेतविरुद्ध केशरीले ब्युरोमा उजुरी दिइन् । ब्युरोले बाग्लुङ गल्कोट गाउँपालिका घर भएका खड्कालाई पक्राउ ग¥यो । उनी अहिले पुर्पक्षमा कारागार चलान भएका छन् । बस्नेत भने अझै फरार छन् । शर्मिला र केशरी प्रतिनिधि पात्र मात्र हुन् । नेपालबाट दुबई, इथियोपिया, बोलिभिया, रसिया, मेक्सिको, अमेरिका, नाइजेरिया, कोलम्बिया, स्पेन, होन्डुरसम्म मानवतस्करीको जालो फैलिएको ब्युरोले जनाएको छ । अधिकांश पीडित सुरुमा कामसँगै पैसाको लोभमा विदेश होमिने र पछि मात्रै आपूm बेचिएको थाहा पाउने गरेका छन् ।
मानव तस्करले अशिक्षित, आर्थिक अभाव झेलेका र सकभर ग्रामीण भेगबाट सहरमा भर्खरै मात्र मजदुरी गर्न आएका महिलालाई आफ्नो पासोमा पार्दै आएको ब्युरोको अनुसन्धानले देखाएको छ । ब्युरोसँगै अन्य प्रहरी इकाईले पनि मानव तस्करीका मुद्दाबारे अनुसन्धान गर्दै आएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो, अपराध महाशाखा र सम्बन्धित जिल्ला प्रहरी कार्यालयले उजुरी आएमा अनुसन्धान अगाडि बढाउँदै आएका छन् । विदेशमा पुगेपछि मात्रै आफू बेचिएको वा मानव तस्करको षडयन्त्रमा फसेको थाहा पाउँछन्, पीडितहरूले ।
जानेरै तस्करको जालोमा पर्छन् : एसएसपी टेकप्रसाद राई (प्रमुख, मानव बेचबिखन अनुसन्धान ब्युरो)
यो मानव तस्करको जालो पनि बुझि नसक्नुको छ । धेरैजसो घरेलु कामदारको रूपमा महिला बेचबिखन हुँदै आएको देखिन्छ । अधिकांश आर्थिक समस्यामा परेर बिदेसिन्छन् । पछि मात्रै आफू बेचिएको थाहा पाउँछन् । जुन रूपमा मानव तस्करी भइरहको छ, ती सबै रेकर्ड प्रहरीसँग छैन । हामीसम्म त धेरै उजुरी नै आइपुग्दैनन् । वैधानिक रूपमा गएकालाई विमानस्थलमा रोक्ने कुरा भएन । बाँकीलाई सडक मार्ग हुँदै दलालले भारतीय सीमा कटाउँछन् ।
नेपालगञ्जको रुपेडिया नाका, झापाको काँकडभिट्टा नाका, रूपन्देहीको गोरखपुर नाका र पर्साको रक्सौल नाकामा प्रहरीले माइती नेपालसँगको सहकार्यमा बिदेसिने महिलासँग सोधपुछ गरिरहेकै हुन्छ । धेरैपटक माइती नेपालकै सहयोगमा नेपाली चेलीहरू बेचिनबाट जोगिएका पनि छन् । खासगरी कामदारकै रूपमा नेपाली युवाहरू अमेरिकी सपना देखेर मेक्सिकोमा पुगी अलपत्र अवस्थामा पुगेका देखिन्छन् । एक त दलाललाई पैसा बुझायो, अर्कोतर्फ अमेरिका छिर्न त परै जाओस् मेक्सिकोमै प्रहरीले समातेर नेपालतर्फ डिपोट गरिदिएका थुप्रै घटना छन् ।
यो वर्ष मात्रै १२ जना नेपालीलाई अमेरिकाबाट नेपाल उद्धार गरियो । यो त प्रहरीमा सूचना आएका मात्रै हुन् । कति नेपाल डिपोट भएका छन्, त्यो तथ्यांक प्रहरीलाई आउँदैन । कति त दलाललाई पैसा दिएपछि ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा समेत पुगेका भेटिन्छन् । अहिले विभागमा प्रहरीको टोली पनि बस्छ । यसले पनि केही हदसम्म मानव तस्करी रोकिएको हाम्रो आँकलन छन् । अहिले ब्युरोमा हामी जति छौँ, यो जनशक्तिले मात्रै मानव तस्करी रोक्न सकिँदैन । ब्युरो त बन्यो तर, स्रोतसाधन खै ? तस्करीका सूचना त्यसै आउँदैन । यसका लागि सुराकी परिचालन गर्नुपर्छ । अहिले हामीले नेपाल छिर्ने केही नाकामा मानव बेचबिखन बारेका सूचनासहितको डिजिटल बोर्ड राखेका छौँ ।
यी हुन् मानव तस्करीका रुट
० इथोपियाबाट जर्मन, रसिया, मेक्सिको हुँदै अमेरिका
० दुबईहुँदै रसिया र बोलिभिया
० नेपालबाट दुबई, नाइजेरिया, कोलम्बिया, मेक्सिको हुँदै अमेरिका
० भारतबाट स्पेन, कोलम्बियादेखि मेक्सिकोसम्म
० नेपालबाट भारत, दुबई, रसिया, स्पेनहुँदै बोलेभिया, पेरु, कोलम्बियाबाट होन्डुरस हुँदै मेक्सिको
० भारतको दिल्लस्थि द्वारिकामोड, आसामको गुहाटी, अग्रतला, दिल्लीको पहाडगञ्ज मुम्बई हुँदै श्रीलंकाको कोलोम्बोसम्म ।
० भारतको कलकत्ताबाट थाइल्यान्डको बैंकक र कम्बोडिया हुँदै मलेसियासम्म
० दुबईबाट सिसेल्स हुँदै पानीजहाजमार्फत सोमालियासम्म
० टर्कीस्थित नयाँ एयरपोर्टहुँदै स्तानबुलसम्म
० नेपालबाट थाइल्यान्ड हुँदै कम्बोडियासम्म
० काँकडभिट्टाबाट भारतको मणिपुर, म्यानमार, थाइल्यान्ड हुँदै कम्बोडियासम्म
००००
कहिले कति उद्दार
० आव ०७५/७६ : २ सय ८३ जना
० आव ०७६/७७ : ६८ जना
० आव ०७७/७८ : ८९ जना
० आव ०७८/७९ : ७७ (फागुनसम्म) जना
प्रतिक्रिया