बालुवाटारमा अचानक कांग्रेस शीर्ष नेताको बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अचानक कांग्रेसका शीर्ष नेताको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो ३ बजे बस्ने गरी उनले बैठक बोलाइएको हो ।

बैठकमा नेपाली कांग्रेसका संस्थापन इतर पक्षका नेता डा. शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायतलाई बोलाइएको स्रोतले जनाएको छ ।

बैठकमा पार्टीका पदाधिकारीमध्ये उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि बोलाइएको छ । देशव्यापी रुपमा भएको गठबन्धन, त्यसमा उत्पन्न असन्तुष्टिलाई सम्बोधन गर्ने गरी बैठक बोलाइएको स्रोतले जानकारी दिएको छ ।

पाँच दलीय गठबन्धनमा महानगरपालिका, उपमहानार पालिका र नगरपालिका बाँडफाँडमा गरिएको सहमति प्रति कांग्रेसभित्र असन्तुष्टि बढेको छ । बालुवाटार निकट स्रोतका अनुसार देउवाले महानगर तथा उपमहानगरमा पार्टीका उम्मेदवार चयन गर्ने सन्दर्भमा छलफलका गर्न लागेको बताइएको छ ।

प्रतिक्रिया