अक्सिजन प्लान्टको विस्फोटबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा आज भएको विस्फोटको घटनाबारे छानबिन गर्न निर्देशन दिएका छन् ।

गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेल र ललितपुरका सशस्त्र प्रहरी प्रमुख विकास घिमिरेलाई टेलिफोनमार्फत घटनाको छानबिन गर्न गृहमन्त्री खाँणले निर्देशन दिएका हुन् ।

घाइतेहरूको तत्काल उपचारको व्यवस्था मिलाउन पनि गृहमन्त्री खाँणले निर्देशन दिएका छन् । आज विहान किरव १० बजेतिर भएको विस्फोटमा परी एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

प्रतिक्रिया