जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा दिनुपर्ने सर्वोच्चको आदेश

काठमाडौं । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने निर्वाचन आचारसंहिता विरुद्धको रिट सर्वोच्च अदातलतले खारेज गरिदिएको छ ।

मंगलबार न्यायाधीश तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आयोगको स्थानीय तहको चुनावमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आयोगकै निर्णयलाई सदर गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आयोगको प्रावधानविरुद्ध रिट दायर गरेका थिए । अब रिट खारेजसँग हालका जनप्रतिनिधिले उम्मेदवारी दिनु अघि पदबाट राजीनामा दिनुपर्नेछ ।

निर्वाचन आयोगले स्थानीय निर्वाचनमा सरकारी कोषबाट पारिश्रमिक तथा आर्थिक सुविधा पाउने व्यक्तिले लाभको पद धारण नगरेको स्वघोषणा गर्दै स्थानीय तहका बहालवाला जनप्रतिनिधिले राजीनामा दिनैपर्ने बाध्यकारी संहिता लागू गरेको हो ।

प्रतिक्रिया