बालबालिकालाई टाइफाइड विरुद्धको खोप

पर्वत । जिल्लामा ३१ हजार ९ सय १ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय पर्वत र सात स्थानीय तहहरूको संयोजनमा जिल्लामा २५ चैतदेखि खोप अभियान सुरु गरिने भएको हो । खोप अभियान १८ वैशाखसम्म सञ्चालन हुने जनाइएको छ । जन्मेको १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाउने तयारी भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख सन्तोष पौडेलले जानकारी दिए । सोमबार पत्रकार र सरोकारवालाहरूका बीचमा भएको अन्तत्र्रिmयामा कार्यालय प्रमुख पौडेलले बालबालिकामा टाइफाइडको संक्रमण नियन्त्रण गर्ने हेतुले देशव्यापी रूपमा खोप अभियान सञ्चालन गर्न लागिएको अवस्थामा पर्वतमा पनि कार्यक्रम सुरु गर्ने तयारी भएको जानकारी दिए । उनले निःशुल्क रूपमा खोप लगाउने कार्यक्रम सुरु हुने जानकारी दिए ।

अहिले बालबालिकालाई सात प्रकारका नियमित खोप १२ पटक लगाउने गरिएकोमा यो वर्ष अभियानका रूपमा टाइफाइड खोप लगाइने र अर्को वर्षदेखि नियमित खोपकै रूपमा लगाइने अवगत गराए । स्वास्थ्य कार्यालय पर्वतका अनुसार मोदी गाउँपालिकामा ४ हजार ४ सय ४१, जलजला गाउँपालिकामा ५ हजार २ सय १, कुश्मा नगरपालिकामा ७ हजार ८ सय २, फलेवास नगरपालिकामा ४ हजार ५ सय ९ जना बालबालिकालाई खोप लगाइनेछ । महाशिला गाउँपालिकामा २ हजार १ सय १०, विहादी गाउँपालिकामा ३ हजार २ सय २ र पैयुँ गाउँपालिकामा ३ हजार १ सय ३८ जनालाई टाइफाइड बिरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ ।

पर्वत अस्पतालका प्रमुख डिबी क्षेत्रीका अनुसार खोप लगाउनका लागि जिल्लाभर १ सय ६० जना स्वास्थ्यकर्मीहरू परिचालन हुनेछन् । विद्यालय, वाह्य खोप केन्द्र, खोप कार्यक्रम चलाउने स्वास्थ्य संस्थामा खोप केन्द्र राखिने क्षेत्रीले बताए । उनले अभियानलाई स्थानीय तहको समन्वयमा सञ्चालन गर्न लागिएको जानकारी दिए । जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेलले टाइफाइड ज्वरो पूर्ण रूपमा नियन्त्रण गर्नका लागि खोप नै महत्वपूर्ण उपाय रहेको भन्दै खोप अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताए । उनले अभियानलाई सफल बनाउन जनप्रतिनिधिहरूले बढी चासो दिएर काम गर्नुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सञ्चारमाध्यमले बढीभन्दा बढी चेतना फैलाउने किसिमका सामग्रीहरू जनजनमा पु¥याउनुपर्ने बताए । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष सन्तोष थापा र जिल्ला समन्वय अधिकारी समेतले आफ्नो विचार राखेका थिए । कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नारायण रेग्मीले गरेका थिए ।

प्रतिक्रिया