नेवार उम्मेदवार नभए जितिदैन भन्नु गलत हो

सुरेन्द्रप्रसाद मिश्र, नेता – नेपाली कांग्रेस

आगामी ३० वैशाखमा स्थानीय तहको चुनाव हुने मिति घोषणा भइसकेको छ । देशकै ठूलो पुरानो ऐतिहासिक तथा सबैभन्दा बढी जनसंख्या भएको काठमाडौं महानगरलाई चासोका साथ हेरिएको छ । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयर पदका लागि अग्रस्थानमा रहेका सम्भावित उम्मेदवारहरूकको नामावली विश्लेषण गरी हेर्दा पहिलो नम्बरमा सुरेन्द्रप्रसाद मिश्रको नाम देखिन्छ । मिश्र काठमाडौं महानगरपालिका महानगर कार्यसमितिको सभापतिमा लामो समय सफलता तथा कुशलतापूर्वक कार्य गरिसकेका व्यक्ति हुन् । उनी ०४८ देखि ०६२ सालसम्म तीनपटक महानगरपालिकाको सभापतिमा निर्वाचित भएका थिए ।

०४८ र ०५४ सालको स्थानीय निर्वाचन उनकै नेतृत्वमा कांग्रेसले लडेको थियो । ०४८ सालको स्थानीय निकायको निर्वाचनमा स्व.नविन्द्रराज जोशीलगायत २१ वटा वडामा बहुमतका वडाध्यक्षलगायत वडा सदस्यहरूमा निर्वाचित गराएका थिए । सधैँ पार्टी काममा सक्रिय रहने मिश्रलाई ०५४ सालको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका समितिले उपमेयर पदमा सिफारिस गरेको थियो । मिश्रले ०४६ सालको जनआन्दोलन र ०६२/६३ सालको जनआन्दोलन–२ मा काठमाडौंमा नेतृत्वदायी भूमिका निभाएका थिए । उनले पार्टीको काठमाडौंमा सम्पन्न १३औँ र १४औँ बाहेक सम्पूर्ण महाअधिवेशनमा पनि विभिन्न समितिका महत्वपूर्ण पदहरूमा रही काम गरिसकेका छन् । काठमाडौंको मेयरमै रही जनताको सेवा गर्ने इच्छा रहेकोले संघीय सांसद, प्रदेश सांसदको निर्वाचनमा पार्टीभित्र उम्मेदवारीको दावी नगरेका व्यक्ति हुन् मिश्र । आउँदै गरेको निर्वाचन केन्द्रित रहेर नेता मिश्रसँग सौर्यकर्मी केशव भट्टले गरेको कुराकानीको सम्पादित अंश :

 

काठमाडौं महानगरको मेयरको उम्मेदवार छान्न कांग्रेसले के गर्दै छ ?
नेपाली कांग्रेसको विधान र नियमावली बमोजिम महानगरपालिका नगर समितिले चर्चामा आएका आकांक्षीहरूको नाम संकलन गरेर प्राप्त नामहरूको बारेमा छलफल गरिरहेको छ । केन्द्रको निर्देशन बमोजिम बढीमा एक महिलासहित तीन जनाको नाम प्रदेश समितिमा पठाउने तयारी गरिरहेको छ । यही २२ चैतभित्र नाम पठाउनुपर्ने परिपत्र जारी गरिएको छ र सम्पूर्ण आकांक्षीहरू मध्ये सकेसम्म सर्वसम्मत नभए मत जाहेर गरेर भए पनि प्रदेश समितिमा नामहरू पठाउने तयारी भइरहेको छ । त्यसपछि प्रदेश समितिले आफ्नो रायसहित केन्द्रमा पठाउँछ र केन्द्रको संसदीय बोर्डले प्राप्त नामहरूमाथि छलफल गरेर टिकट वितरण गर्ने गर्दछ । स्थानीय तहमा उम्मेदवार चयन गर्ने प्रारम्भिक प्रक्रिया सुरु भइसकेको छ ।

महानगरको आवश्यकता मैले राम्रोसँग बुझेको छु । ०४६ सालको जनआन्दोलन र ०६२/६३ सालको जनआन्दोलन–२ मा काठमाडौंमा नेतृत्वदायी भूमिका निभाएको थिएँ । यो बीचमा म कैयौँपटक जेल परेँ, कैयौँ लाठी खाइयो, पार्टीको कार्यालय प्रहरीले कब्जा गर्दासमेत तत्कालीन समयमा मैले आफ्नै घरबाट पार्टीको कामलाई निरन्तरता दिएको थिएँ । लोकतन्त्रको लागि पार्टीको अग्रमोर्चामा रहेर योगदान गरेको र फेरि एकपटक नगरवासीको सेवा गर्ने इच्छा भएकोले नै मेयर पदमा मैले दावी गरेको हुँ ।

तपाईँको दावेदारी किन ?
अहिले देखिएका उम्मेदवारहरू मध्ये सबैभन्दा बढी मैले ०४८ देखि ०६२ सालसम्म पार्टीको नगरसम्बन्धी गतिविधि हेर्ने, नगरमा संगठन निर्माण तथा नगर समितिमा प्रमुख भएर काम गरेको थिएँ । नगरको आवश्यकता मैले राम्रोसँग बुझेको छु । ०४६ सालको जनआन्दोलन र ०६२÷६३ को जनआन्दोलन–२ मा काठमाडौंमा नेतृत्वदायी भूमिका निभाएको थिएँ । यो बीचमा म कैयौँपटक जेल परेँ, कैयौँ लाठी खाइयो, पार्टी कार्यालय प्रहरीले कब्जा गर्दासमेत तत्कालीन समयमा मैले आफ्नै घरबाट पार्टीको कामलाई निरन्तरता दिएको थिएँ । पार्टीको निर्देशन अनुरूप सिंहदरबारको गेटमा सत्याग्रह गरियो, रत्नपार्कमा अनसन बसेँ । पार्टीको उपत्यकास्तरीय आन्दोलनको सदस्यसचिव रहेर काम गरेँ । लोकतन्त्रको लागि पार्टीको अग्रमोर्चामा रहेर योगदान गरेको र फेरि एकपटक नगरवासीको सेवा गर्ने इच्छा भएकोले नै मेयर पदमा मैले दावी गरेको हुँ ।

त्यस्तै, पार्टीको नगर समितिलाई निरन्तर सक्रिय रहेर निर्वाचित मेयर, उपमेयर वडाध्यक्ष र सदस्यहरूलाई समेत महानगरपालिका कमिटीको कामकाजहरू कुशलतापूर्वक गरेको र अन्य आन्दोलन, जुलुस आदिको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गरेको हुनाले एकपटक फेरि जनताको सेवा गर्न मेयरमा दावी गरिरहेको छु । जीवनको अधिकांश समय पार्टीको काम तथा जनताको स्वतन्त्रताका लागि दिइयो अभैm पनि म केही गर्न सक्छु भन्ने भिजन भएका कारण म मेयरमा दावी गरिरहेको छु ।

तपाईँले टिकट पाएमा जित्ने अधार के के हुन् ?
जित्ने आधार मध्येको सबैभन्दा पहिलो र मजबुत आधार भनेको नेपाली कांग्रेस नै हो । नेपाली कांग्रेसको इतिहास, विकासका कार्यक्रमहरू, प्रजातन्त्रवादीहरूको बासस्थान र म काठमाडौंको रेथाने पार्टीको सिद्धान्त र जनाधार भएको व्यक्ति हुँ । मैले विगतमा लामोसमय पार्टीमा गरेको योगदान तथा महानगरमा विस्तार गरेको संगठन पनि मेरो जित्ने आधार हो । अझ मेरो व्यक्तिगत कारणले पनि जीतलाई थप सुनिश्चित गर्छ ।

महानगरको भावाना बुझ्न सक्ने, सबैको साझा बन्न सक्ने विकासप्रेमी तथा संस्कृति र माटोप्रेमी व्यक्ति तथा पार्टीले पनि पार्टीमा लागेर सिद्धान्तप्रति निष्ठावान, परिपक्व, अनुभवी, लगनशील विकासप्रेमी, दूरदर्शी तथा जनाधार भएको उम्मेदवारलाई टिकट दिनुपर्छ ।

खासमा महानगरले खोजेको उम्मेदवार कस्तो हो ?
महानगरले खोजेको उम्मेदवार भनेको पहिलेदेखि निरन्तर रूपमा महानगरका समस्या तथा महानगरको भावना बुझ्न सक्ने, सबैको साझा बन्न सक्ने विकासप्रेमी तथा संस्कृति र माटोप्रेमी व्यक्ति हो । पार्टीले पनि पार्टीमा लागेर सिद्धान्तप्रति निष्ठावान, परिपक्व, अनुभवी, लगनशील विकासप्रेमी, दूरदर्शी तथा जनाधार भएको उम्मेदवारलाई टिकट दिनुपर्छ । काठमाडौंको भावना बुझ्न सक्ने, बुझेर निर्णय गर्न सक्ने, भिजन भएको उम्मेदवार नै महानगरले खोजेको हो ।

काठमाडौं महानगरको मेयरमा नेवार उम्मेदवार नभई जितिदैन भन्ने तर्क पनि कांग्रेसका नेताहरूले ल्याइराख्नुभएको छ नि ?
त्यो भनाइ गलत हो । पहिले नेवारको बाहुल्यता थियो । अब त्यो रहेन । काठमाडौं भनेको देशकै राजधानी हो । यहाँँ नेवारलगायत देशकै सम्पूर्ण जातजाति बसोवास गर्छन् । यो देशकै ठूलो र अन्तर्राष्ट्रिय सहर पनि हो । अर्को भनेको यो भनाइ यहाँका नेवारहरूले कल्पना नै नगरेको नेवार विरोधीहरूले लगाएको झुटो आरोप मात्र हो । नेवार समुदायमा कहिल्यै पनि साम्प्रदायिक भावना छैन । तेरो मेरो भन्ने भावना छैन । काठमाडौं महानगरको मेयरमा नेवार उम्मेदवार नभई जितिदैन भन्ने तर्क आफैँमा गलत छ । काठमाडौंमा उदारचित्त भएका मानिसहरू बस्नुहुन्छ । यहीँबाट लौहपुरुष गणेशमान सिंहको नजिक मानिने गैरनेवारहरू हरिबोल भट्टराई र नविन्द्रराज जोशीले पनि जितेकै थिए । यदि नेवार भएकै कारण जित्ने हो भने के प्रकाशमान जी, ध्यानगोविन्द रञ्जित, भीमसेनदास प्रधानजस्ता नेताहरू नेवार भएकै कारण मात्र जितेका हुन् त ? यहाँका मतदाता सक्षम छन् । विवेकपूर्ण छन् । राम्राभन्दा हाम्रालाई टिकट दिएका कारण कतिपय नेवार समुदायकै उम्मेदवार पनि हार्नुपरेको अवस्था छ ।

नेवारले अरूलाई भोट दिँदैन भनेर भन्नु सोझा नेवारहरू माथिको षडयन्त्र हो । काठमाडौं महानगरको मेयरमा नेवार उम्मेदवार नभई जितिदैन भन्ने भनाइ कुनै पनि नेवारहरूको होइन । यहाँका मतदाताहरू विकासप्रेमी छन् । यहाँका मतदाताले यसअघि प्रचण्ड, साहाना प्रधान, ईश्वर पोखरेल, मनमोहन अधिकारी, विद्या भण्डारी, दमननाथ ढुंगाना आदिलाई पनि जिताएकौ हुन् । के पिएल सिंह नेवार भएकै कारण जितेका हुन् र ? नेवार उम्मेदवार चाहिन्छ भनेर भन्नु जातीय सदभाव भएको ठाउँमा जातीय दंगा भड्काउन खोज्ने षडयन्त्र मात्र हो । जसले यस्ता तर्क गर्छन् त्यस्ताले नै अब हार्छन् । जनताको चेतनास्तर नै नभएको जस्तो गरी कुनै पनि कांग्रेसको असल नेताले यस्ता तर्क गर्दै हिँड्न मिल्दैन । मलाई नै तीन÷तीनपटक नगरसभापतिमा उहाँहरूले नै जिताएका हुन् ।

काठमाडौं महानगरको मेयरमा नेवार उम्मेदवार नभई जितिदैन भन्ने भनाइ गलत छ । जसले यस्तो गर्छन् त्यस्ताले नै अब हार्छन् । जनताको चेतनास्तर नै नभएको जस्तो गरी कुनै पनि कांग्रेसको असल नेताले यस्ता तर्क गर्दै हिँड्न मिल्दैन । मलाई नै तीन/तीनपटक नगरसभापतिमा उहाँहरूले नै जिताएका हुन् ।

 

कांग्रेस नेतृ सृजना सिंह उठ्ने चर्चा छ नि ?
उहाँले पनि पार्टीमा काम गरेकै हो । टिकट दिने निकाय नेताहरूले मूल्यांकन गरेर आकांक्षीहरू मध्ये सक्षमलाई टिकट दिन्छन् भन्ने विश्वास छ । तर, सम्भावित उम्मेदवारहरूको योगदान, इमानदारी, सिद्धान्तप्रतिको लगाव, समर्पण र निरन्तरताको समग्र मूल्यांकन गरेर टिकट दिनुपर्छ । नेताको श्रीमती भएको कारण मात्र टिकट दिनुहुँदैन मन्न मिल्दैन । हाम्रो पार्टीमा यस्ता नेता पनि छन् । अगाडि टिकट दिनुपर्छ भन्ने पछाडि गएर विरोधमा वक्तव्य निकाल्ने । अन्तर्घात गर्नेदेखि सावधान हुनुपर्छ । ०४८ सालको प्रतिनिधिसभाको निर्वाचनमा मंगलादेवी सिंह पनि अन्तर्घातको सिकार हुनुभएको थियो । त्यतिखेर अगाडि सबैले डेलिगेसन गएर, जुलुस लिएर टिकट माग्न गए टिकट लिएर उम्मेदवार भइसकेपछि आमा–छोरा आदि भनेर अन्तर्घात गरिदिए ।

 

महानगरको वर्तमान नेतृत्वलाई कसरी हेर्नुहुन्छ ?
अघिल्लो चुनाव ०७४ सालमा निर्वाचित भएको महानगरको टिमप्रति जनताले ठूलो भरोसा गरेका थिए । चुनावअघि त्यो टिमका मेयरले १ सय १ काम घोषणा गरे तर विजयी भइसकेपछि महँगा गाडीहरू किन्ने, मोबाइल किन्ने एकमाथि अर्को विलासिताका सुविधाहरू थप्ने कार्य गरे । जनताको सरोकारका विषयहरूमा उदासीन भएको सो टिमले काठमाडौंका बासिन्दालाई फोहोरको उपहार दिने, कर अचाक्ली बढाउने, कोरोनाको समयमा पनि राहतको साटो आहत दिने काम भयो । जनताको करबाट उठेको खर्च गर्न सक्ने क्षमता नभएर एक अर्ब रुपैयाँ बैंकको मुद्दती खातामा जम्मा गरेर आर्थिक अपराध र आर्थिक दुरुपयोग गर्नेजस्ता निकृष्ट र निन्दनीय कामहरू गरे ।
त्यस्तै, नगरपालिकाको आफ्नो घर बनाउनसमेत भ्रष्टाचार गरे । हरेक काममा नातावाद कृपावाद ह्वात्तै बढाए । काठमाडौंको असन, मखन र इन्द्रचोकजस्ता कोर एरियाको ढुंगा छ्यापेका बाटाहरूको हविगत हेरेपछि काठमाडौंमा महानगरले के ग¥यो भनेर छर्लंग हुन्छ । भौतिक पूर्वाधारको हिसाबले पहिलेभन्दा पछिल्लोपटक महानगर खस्किएको देखिन्छ । सडकपेटी पैदल यात्रुभन्दा पनि सडकछेउका व्यापारीका लागि अनुकूल हुने बनाइएका छन् । कम गुणस्तरका सामानहरू कमिसनको चक्करमा महँगोमा किनेर भ्रष्टाचार चरमचुलीमा पुग्यो । समग्रमा भन्नुपर्दा वर्तमान नेतृत्वले वाचा गरेका सयौं काममा १० वटा कामसमेत गतिलोसँग गर्न सकेन ।

 

मेयरको टिकट नपाए के गर्नुहुन्छ ?
समग्र मूल्यांकन गरेर कामको आधारमा उम्मेदवार छानिन्छ भन्ने विश्वास छ । किनकी नेपाली कांग्रेसकै एक नेताले एकठाउँमा भाषण गर्ने क्रममा चाकडीबाट पद प्राप्त गर्ने दिन गए भन्नु भएकोले कर्म नगर्नेहरूले पाउने मैले नपाउने भन्ने त आउँदै आउँदैन । म पार्टीले उपयुक्त मूल्यांकन गर्नेछ भन्ने विश्वासमा छु । पार्टीलाई विजयी गराउनसमेत मैले टिकट पाउने निश्चित छ ।

 

पार्टीलाई तपाईं के सुझाव दिनुहुन्छ ?
चुनावभन्दा धेरै पहिलेदेखि चुनावको तयारी गर्नुपर्छ । तर, हाम्रो पार्टीमा टिकट दिने बेलामा मात्र विधिवत चुनाव सुरू हुन्छ । पार्टीले मेयर, उपमेयर, वडाध्यक्ष जस्तो पदको उम्मेदवार बन्न कमसेकम एउटा शैक्षिक योग्यता तोक्नुपर्छ । न्यूनतम काम गरेको सदस्यताको अवधिलाई मापदण्ड बनाएमा हिजो भर्खर आएकाहरूले दावी गर्ने नपाउने गरी मापदण्ड बनाइनुपर्छ । मेयरको प्रत्यासीहरूलाई कार्ययोजना बनाउन लगाएर (अमेरिकाको राष्ट्रपति निर्वाचनमा विभिन्न राज्यमा गरिने छनौट) जस्तै प्रक्रिया गरेमा जो पनि उम्मेदवार हुने कुरालाई व्यवस्थित गर्न सकिन्छ । यस्ता कुरामा पार्टीले ध्यान दिनु जरुरी छ ।

तपाईंको भावी योजना के छ ?
यदि मैले टिकट पाएर निर्वाचित भएँ भने । स्थानीय निकाय ऐनले निर्दिष्ट गरेका कामहरूलाई प्रभावकारिताकासाथ गर्ने । काठमाडौं महानगरपालिकाको कार्यालयलाई व्यवस्थित, मर्यादित र प्रतिष्ठित बनाउने । त्यस्तै, हरेक सेवाग्राहीलाई सर्वसुलभ सेवा प्रवाह गर्ने । महानगरको फोहोरलाई राजनीतिबाट माथि उठाई फोहोरको वैज्ञानिक विधिबाट व्यवस्थापन गर्ने । पाँच वर्षको कार्यकालमा झण्डै ४० देखि ५० प्रतिशतसम्म फोहोरको मात्रा रिसाइक्लिन फोहोर छुट्याएर पुनः प्रयोग हुने फोहोर, मेटल, अस्पतालजन्य फोहोर, प्लास्टिक आदिको अन्तिम उत्सर्जन लोड टिलको मात्रा केबल कुल फोहोरको आधारभन्दा बढी घटाई पुर्दा वैज्ञानिक विधि प्रयोग गर्ने ।

त्यस्तै, सडकपेटीको मर्मत सुधार गरी अपांगमैत्री बनाएर बटुवाहरूलाई हिँड्न योग्य र सहज बनाउने । पार्किङका लागि हालको जस्तो अपारदर्शी, अवैज्ञानिक प्रणालीलाई सुधार गरी पार्किङ स्पट ठाउँठाउँमा बनाउने । सार्वजनिक यातायातलाई बढावा दिन छिटो र छरितो प्रदूषणमुक्त बनाउन चक्रपथमा ट्रलिबस सञ्चालन गर्ने । काठमाडौंको व्यस्त जीवनलाई सजिलो बनाउन मेट्रो रेलको सानो रुटमा भए पनि सुरआत गर्ने । विष्णुमतीमा पाइलट प्रोजेक्टको रूपमा अन्डरग्राउन्ड ढल बिछ्याई खोलालाई ढलमुक्त बनाई खोलाको पानी स्वच्छ बनाउने मेरो योजना छ । त्यस्तै, एक वा दुई ठाउँमा हाउस रोलिङ गर्ने । महानगरभित्र अपार्टमेन्ट बनाउन नदिने र सुकुम्बासीमुक्त बनाउने योजना छ । काठमाडौं महानगरका अरू पनि थुप्रै समस्याहरू विद्यमान छन् । गर्न सकिने नसकिने कामहरू बोलेर वा लेखेर मतदाताहरूलाई निराश नबनाउने मेरो उद्देश्य हो ।

प्रतिक्रिया