काठमाडौं । काठमाडौं महानगरपालिका–१६ कालधारास्थित काभ्रेली खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काभ्रे तिमाल गाउँपालिका–४ घर भएका ५३ वर्षीय अर्जुन तामाङ समेत ५ जनालाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद एक लाख २७ हजार २ सय रूपैयाँ र एक बुक ताससहित पक्राउ गरेको बताइएको छ ।
प्रतिक्रिया