पर्वत । हेर्दा मनोरम र मनमोहक दृश्य देखिने पर्वत र कास्कीकोे सिमाना हुदै बग्ने मोदी खोलाको नाम आज्कल फेरीए जस्तै भएको छ । उमेरले बृद्ध अवस्थामा पुगेकाहरुसँग एकै छिन गफिने हो भने उनीहरु आफ्नो बाल्यकाल र मोदी खोला एउटै हो भन्नपनि पछि पर्दैनन् । मोदी गाउँपालिका–२ का हरिलाल चापागाँई अहिले ७५ बर्षका पुगे, सेतै कपाल अनि दाह्रि पनि त्यस्तै देखिन्छन् । ‘यो मोदिको बहाव सगैँ बगे जस्तै लाग्छ मेरो जिन्दगी पनि,’ उनले भने, ‘यो मोदी जसरी फेरीयो मेरो जवानी पनि उबेला बिजुली सिजुली केहि थिएन मोदिको तिरमा र यहीँ बेतेनी जङ्गलमा घाँस दाउरा गरीयो छोराछोरी पनि हर्काइयो बढाइयो मोदिखोलामा पौडि खेलियो ।’ तर जमाना फेरीयो मोदि खोला बिजुली खोला भनेर हाम्लाई बुझाउछन् अहिलेका केटाकेटी । अनि लाग्छ हाम्लाई बुढा बा भनेर बोलाए जस्तो मोदी खोलालाई बिजुली खोला भन्दा । पैले जस्तो छैन अहिले धेरै फेरीएको छ । टुकिको उज्यालोमा धेरै कामधन्दा उतिबेला गरियो तर अहिलेका कतिपय केटाकेटीलाई टुकि भन्ने पनि थाहा छैन । जेहोस परिवर्तन भएको छ मोदिखोलामा पनी धेरै ठाउँबाट बिजुली निकालीएको छ । हरिलाल जस्तै धेरैको मुखबाट यस्तै यस्तै कुरा सुन्न पाउँछौ जसले मोदी कै आसपासमा आफ्नो जवानी बिताए ।
अन्नपूर्ण हिमालदेखि पर्वतको कुश्मा नगरपालिका–५ मोदीबेणीधाममा पुगेर कालीगण्डकी नदीमा मिसिने मोदी खोलाले त्यो बिचमा झन्डै ६० किलोमिटरको यात्रा तय गरेको छ । केन्द्रीय प्रसारणमा लाइनमा जोडिएका कारण मोदीबाट निस्केको बिजुलीले देशलाई नै झलमल्ल बनाउन ठुलो काम गरेको छ । यो मोदी खोलामा ६ भन्दा बढि हाइड्रो पावरहरु रहेका छन् ।
हिउँद लागेसगैँ मोदीबाट निकालिएको विद्युत उत्पादनमा केहि कमि आउने जलविद्युत आयोजनाले जनाएको छ । मोदिमा मिसिएका विभिन्न साना ठुला खोलाको पानि कमि आउने र मोदी खोलाको उद्यगम स्थल अन्नपूर्ण हिमालमा पग्लिएको हिउँबाट सुरु हुने मोदीको पानि कमि आउने भएका कारण पनि उत्पादनमा कमि आएको हो ।
भुरुङदी खोला, रती खोला, मल्याङ्दी खोला, घान्द्रुक खोला र अम्बोटे खोलाको पानी मोदी खोलामा मिसिएको छ । बर्खा याममा आकाशबाट आउने पानी र मुल फुट्ने हुनाले पानी प्रशस्त हुने भएका कारण जलविद्युत आयोजनाहरूले आफ्नो पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सके पनि हिउँदमा खोला निकै कम पानी हुन्छ । सुख्खा याममा १४ मेगावाटको मोदी खोला जलविद्युतले पाँचदेखि सात मेगावाट, १० मेगावाटको तल्लो मोदी–१ ले चारदेखि पाँच मेगावाट र २० मेगावाटको मध्य मोदीले आठदेखि १० मेगावाटसम्म विद्युत् उत्पादन गर्ने गरेका छन् ।
जसका कारण टर्बाइन घुमाउने क्षमता पानीको फोहरामा नहुँदा विद्युत् उत्पादन घट्ने गरेको तल्लो मोदी–१ जलविद्युत आयोजनाका प्रमुख उपेन्द्रराज गौतमले जानाकारी दिए । विद्युत् उत्पादनको हिसाबले वर्षा र सुख्खा याम गरी दुई भागमा बाँडिएको बताउँदै मोदी खोलामा हिउँदको बेलामा पूर्ण क्षमताको झन्डै आधा जति उत्पादन घट्ने गरेको गौतमले बताए ।
मोदी खोलामा रहेका ६ भन्दा बढि जलबिद्युत आयोजनाहरु एकै पटक सञ्चालनमा आउदा २ सय १५ मेगावाट विद्युत शक्ति उत्पादन हुन्छ । अहिलेसम्म नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको मोदी खोला जलविद्युत आयोजना, युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको तल्लो मोदी एक जलविद्युत आयोजना र मनाङ ट्रडिङद्वारा निर्माण गरिएको तल्लो मोदी जलविद्युत आयोजना गरी तीन ओटा आयोजनाबाट विद्युत् उत्पादन चलिरहेको छ । जसमा मोदी खोला जलविद्युत आयोजनाको १४ मेगावाट, तल्लो मोदी एकको १० मेगावाट र तल्लो मोदीको १० मेगावाट क्षमता गरी कुल ३४ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ ।
चौधरीको ग्रुपको लगानीमा २०७२ सालदेखि १४.५ मेगावाट क्षमताको मध्य मोदी जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको छ । यस्तै नेपाल विद्युत् प्राधिकरणले ४२ मेगावाट क्षमताको अप्पर मोदी ए जलविद्युत आयोजनाको निर्माणको काम सुरु गरेको छ ।
कास्की जिल्लामा पर्ने मोदी खोलाकै भागमा ८६.५९ मेगावाटको लान्द्रुक मोदी खोला हाइड्रोइलेक्ट्रीक पावर प्लान्ट र १०.५ मेगावाटको लोअर मोदी–२ हाइड्रोपावर प्रोजेक्ट पनि निर्माणको क्रममा रहेका छन् । कोभिड–१९ संक्रमणले पारेको प्रभावका कारण गत वर्षबाट नै विद्युत् उत्पादन गर्नुपर्ने कतिपय आयोजना अझै पनि निर्माणकै अवस्थामा रहेको छन् । करिव दुई वर्ष जस्तै बिभिन्न क्षेत्रमा कोभिड–१९ ले असर पुर्यायो ।
हिमालको फेदबाट बग्ने भएका कारण मोदी खोलाको पानीलाई सिँचाइको लागि उत्तम मानिन्छ । माइनस तापक्रममा रहेको हिउँ पग्लेर खोलामा आउने भएकाले अन्य पानी जस्तो मोदीको पानी प्रदूषित नहुने अवस्था छ । एक त किटाणु बाँच्न नसक्ने माइनस तापक्रम अर्को, छोटो नदी भएका कारण बिचमा धेरै प्रदूषित बन्नु नपर्ने भएका कारण मोदीको पानी सिँचाईको लागि उत्तम मानिने कृषि ज्ञान केन्द्र कार्यालय पर्वतकी प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताइन् ।
नदीको लम्बाइ जति लामो भयो प्रदूषित हुने सम्भावना पनि उति नै बढ्दै गइरहेको हुन्छ । अन्नपूर्ण हिमालबाट मोदी वेणीसम्म करिब ६० किलोमिटरमा बग्ने मोदी लामो नदी होइन, यही कारण प्रदूषणको सम्भावना कम हुने थापाले बताइन् । मोदीको पानीले किनारमा रहेको बन जंगल र खेतीयोग्य जमिनमा सिँचाईको सुविधा मिलेको स्थानियको पनि भनाई छ । देउपुरका प्रताप चापागाईले भने, ‘मोदीको छेउमा खेत छ सिचाईको लागी अन्त जस्तो दुख पाउनु परेको छैन, खेतबारीमा लगाउन पानी नभएका कारण जमिन बाझै भन्ने कति समाचार सुन्नमा आउछ तर यहाँ त काम गर्न सक्ने हो भने खेतियोग्य जमिन प्रशस्त पानी पनी छ ।’
प्रतिक्रिया