एमसीसी पास हुनुपर्ने कांग्रेस सांसदहरूको निष्कर्ष

काठमाडौं । सत्ता गठबन्धनमा रहेको प्रमुख दल नेपाली कांग्रेसले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जसरी पनि पास हुनुपर्ने धारणा राखेको छ । कांग्रेस संसदीय दलको बैठकमा बोल्ने सांसदहरुले एमसीसी परियोजना पास हुनुपर्ने धारणा राखेका हुन् । आजको बैठकमा बोल्ने सांसदहरुले एमसीसी पास हुनुपर्ने धारणा राखेका थिए ।

‘आजको बैठकमा बोल्ने सबैको धारणा एमसीसी पारित हुनुपर्छ भन्ने नै हो । रामशरण महतले एमसीसीका बारेमा प्रष्ट पार्नुभयो, ’ कांग्रेसका एका नेताले भने, ‘यो परियोजना नेपालकै हितमा छ । अमेरिकी सेना आउने भन्ने भ्रम मात्रै सिर्जना गरिएको हो ।’ बुधबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा एमसीसी परियोजना टेबल हुने सम्भावना बढेकोसमेत उनले बताए ।

प्रतिक्रिया