आज ७४७ जनामा संक्रमण पुष्टि, ८ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा आज ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर र एन्टिजेन विधिबाट ८ हजार ६ सय ९३ जनाको परीक्षण गर्दा ७४७ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २ हजार ३१९ जना संक्रमणमुक्त भएका छन् । यससँगै ९ लाख ४० हजार ९०२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, सोही अवधिमा ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय पुगेको छ ।

प्रतिक्रिया