प्रदेश १ मा ‘फ्लोर क्रस’ गर्नेलाई एमालेले कारबाही गर्ने

काठमाडाैं । नेकपा एमालेले बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा फ्लोर क्रस गर्ने जनप्रतिनिधिहरुलाई कारवाही गर्ने भएको छ । नेकपा एमाले प्रदेश १ ले विज्ञप्ति जारी गर्दै राष्ट्रियसभा निर्वाचनमा पार्टीमाथि अन्तरघात गर्ने जनप्रतिनिधिमाथि छानबिन गरी कारवाही गरिने बताएको हो ।

१९ पदका लागि बुधबार भएको निर्वाचनमा एमालेकै जनप्रतिनिधिहरुले भोट नहाल्दा गुरु बराल पराजित भएका थिए । नेकपा एमाले प्रदेश १ संयोजक तुलसी न्यौपानेले आफ्नो पार्टीका उम्मेदवारलाई मत नहाली पार्टीमाथि अन्तरघात गर्नेलाई कारवाही हुने बताएकी हुन् ।

‘पार्टी निर्णय र हित विरुद्धमा चालिएका अन्तरघाती कदमको वस्तुनिष्ठ छानविन गरी दोषी उपर कडा कारबाही गर्न हाम्रो पार्टी नेकपा एमाले दृढसंकल्पित छ,’ उनले भनेकी छन् ।

आफ्नै पार्टीका जनप्रतिनिधिहरुले भोट नहाल्दा एमाले उम्मेदवार बराल र गठबन्धनका उम्मेदवार गोपाल बस्नेतले समान ४४८८ मत ल्याएका थिए । तर, पछि गोला तान्दा गठबन्धनका बस्नेत विजयी भएका थिए ।

पाँच दलीय गठबन्धनसँग एक्लै भिडेको एमालेले एक सिट भने जितेको छ । अल्पसंख्यकतर्फ एमालेका उम्मेदवार शोनाम गेल्जेन शेर्पा विजयी भएका हुन् ।

प्रतिक्रिया