ब्यापार घाटा ८ खर्ब ८० अर्ब

काठमाडौं । चालु आर्थिक बर्ष पुस मसान्त सम्म ब्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख रुपैया पुगेको छ । भन्सार बिभागले आइतबार सार्वजनिक गरेको बैदेशिक ब्यापारको तथ्याकंले सो कुरा देखाएको हो । आयात अनुसार निर्यात हुन नसक्दा नेपालको ब्यापार घाटा उच्च बन्दै आइरहेको छ । गत वर्षको ६ महिने अवधिमा ब्यापार घाटा ६ खर्ब रुपैयाँ रहेकोमा चालु आर्थिक बर्षमा यस्तो घाटा ४६ दशमलव ६४ प्रतिशतले बढेको हो । यो अवधिमा नेपालको निर्यात ब्यापार भने एकदमै निराशाजनक अवस्थामा देखिएको छ । ६ महिनामा १ खर्ब १८ अर्ब ८५ करोड ९ लाख रुपैयाँको मात्रै वस्तु निर्यात भएको पनि सोही तथ्याकंले देखाएको छ । गत आवको यही अवधिमा ६० अर्ब ७९ करोड रुपैयाँको बस्तु निर्यात भएको थियो । कुल ब्यापारमा आयातको हिस्सा ८९ दशमलव ३७ प्रतिशत छ भने निर्यातको हिस्सा १० दशमलव ६३ प्रतिशत मात्रै रहेको छ ।

आयात ब्यापार एकदमै अकासिन पुग्दा पुस मसान्त सम्म ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँ बराबरको विभिन्न बस्तु नेपाल भित्रिएका छन । गत आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको विभिन्न बस्तु आयात भएको थियो । गत आवको तुलनामा चालु आर्थिक वर्षमा आयात ५१ दशमलव १३ प्रतिशतले बढेको तथ्याकले देखाएको छ । आयात धेरै हुने वस्तुमा इन्धन, गाडी, मोटरसाइकल, सुन र फलाम रहेका छन । अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ बढ्दा त्यसको सिधा असर आयातमा देखिएको हो । इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढ्दा आयातको ग्राफ बढेको देखिन्छ । यो अवधिमा सबैभन्दा बढी डिजेल आयात भएको छ । चालु आवको पुस मसान्त सम्ममा ६१ अर्ब ४७ करोड रुपैयाँको डिजेल आयात भएको छ । सोयाविन तेल ३६ अर्ब ५४ करोड रुपैयाँको आयात भएको छ । त्यस्तै २९ अर्ब २७ करोड रुपैयाँको पेट्रोल, २९ अर्ब २३ करोड रुपैयाँको ग्यास र २७ अर्ब ४९ करोड रुपैयाँको पाम तेल आयात भएको भन्सार बिभागको तथ्याकले देखाएको छ ।

–अयात ब्यापार ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख
–निर्यात व्यापार १ खर्ब १८ अर्ब ८५ करोड ९ लाख
–६१ अर्ब ४७ करोड रुपैयाँको डिजेल आयात
–११ अर्बको प्रशोधीत पाम तेल निर्यात

६ महिनामा नेपालले ९० करोड ५२ लाख रुपैयाँको ३० हजार ९ सय २३ टन केरा आयात गरेको छ । चितवन लगायत देशका विभिन्न भागमा पकेट बनाएर केरा खेती अभियान सञ्चालन गरेपनि केरा उत्पादनमा आत्मनिर्भर बन्न नसक्दा केराको आयात बढ्दो क्रममा देखिन्छ । केरा आयातबाट सरकारले ८ करोड १७ लाख ५१ हजार रुपैयाँ राजस्व उठाएको छ । निर्यात तर्फ पनि सोयाविन तेल र पाम तेलको हिस्सा धेरै छ । प्रशोधन गरिएको पाम तेल ११ अर्ब भन्दा धेरैको निर्यात भएको छ भने सोयाविन तेल ३४ अर्ब रुपैयाँभन्दा धेरैको निर्यात भएको देखिन्छ । नेपालमा १ सय ४१ देशबाट ९ खर्ब ९९ अर्ब बराबरका विदेशी वस्तुको आयात भएको छ । यो अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । भारतबाट मात्रै ६ खर्ब ३ अर्ब ५४ करोड ५१ लख रुपैयाको आयात भएको छ । त्यसपछि चीनबाट ठूलो मात्रामा आयात भएको देखिन्छ । यो अवधिमा चीनबाट १ अर्ब ४५ अर्ब ९१ करोड ३६ लाख रुपैयाँ बराबरका वस्तु आयात भएको छ ।

प्रतिक्रिया