जिल्ला प्रशासन कार्यालय नजिकै कार र ट्याक्टर ठोक्किँदा ६ जना घाइते

कावासोती । पूर्वी नवलपरासीमा कार र ट्याक्टर एक आपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् । जिल्लाको कावासोती नगरपालिका वडा नं ३ स्थित संगम चोकको भित्री सडकमा आइतबार साँझ कार र ट्र्याक्टर ठोक्किएर सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय नजिकै संगम चोकमा दुर्घटना हुँदा कारमा सवार ६ जना घाइते भएका हुन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अहिले मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ । गम्भीर घाइतेहरुलाई थप उपचारका लागि चितवन पठाउने तयारी भइरहेको छ । घाइतेहरुको परिचय खुल्न नसकेको र घट्नाको विषयमा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया