मधेस प्रदेशको राजपत्रमा ‘चुच्चे नक्सा’ गायब

काठमाडौ । तत्कालिन प्रदेश २ ले नाम परिवर्तन गरि ‘मधेस प्रदेश’ बनाएको विषयमा जारी राजपत्रमा ‘चुच्चे नक्सा’ समेटिएको छैन् ।

सार्वभौम संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेको दुई वर्ष बितेको अवस्था हुदाँ पनि मधेस प्रदेशले भने पुरानै नक्सामार्फत राजपत्र प्रकाशित गरेको छ ।

मधेस प्रदेश नामाकरण गरिएको विषय जानकारी दिन जारी राजपत्रमा चुच्चे नक्सा नअटेको हो । मधेस प्रदेशका महान्यायधिवक्ता दिपेन्द्र झाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पत्रमा चुच्चे नक्सा नदेखिएपछि सर्वाधिक चासोको रुपमा हेरिएको छ ।

प्रतिक्रिया