संक्रमण नियन्त्रणमा खोपको प्रभावकारी छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमण नियन्त्रणको खोपको प्रभावकारी रहेको बताएका छन् ।

शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणमा खोपको प्रभावकारिता रहेकाले चैतसम्म सबैलाई खोप लगाइसक्ने बताएका हुन् ।

साथै, उनले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न र खोप लगाएर कोरोना संक्रमण नियन्त्रणमा सहयोग गर्न सबैमा अपिल गरेका छन् ।

प्रतिक्रिया