एमालेकाे ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्रीले भने, ‘कोरोना नियन्त्रणमा सबै एकजुट हौं’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । शनिबार प्रमुख प्रतिपक्ष नेकपा एमालेलेले कोभिड नियन्त्रणका विषयमा बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्रीले सबै मिलेर कोरोनाको तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताएका हुन् । ‘कोरोना नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ’, प्रधानमन्त्रीले भने, ‘सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ ।’

प्रधानमन्त्री देउवाले तेस्रो लहरसँग आएको ओमिक्रोन भाइरस धेरै संक्रामक भएकाले सवधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको पनि बताए । प्रधानमन्त्रीले आफूले सरकारको नेतृत्व गरेपछि कोभिड-१९ विरुद्धको खोप लगाउने संख्या वृद्धि भएको बताउँदै सबै खोप लगाउन योग्य नागरिकलाई दुवै डोज खोप लगाउनेगरी सरकार अघि बढेको पनि बताए । नेकपा एमाले उपाध्यक्ष नेता सुवास नेम्वाङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई कोभिड रोकथाम र उपचारका बारेमा ज्ञापनपत्र बुझाएको हो ।

यस्तो छ एमालेको ध्यानाकर्षण पत्र

प्रतिक्रिया