नबिल बैंकको साधारणसभा : अध्यक्षमा पुनः पौडेल

काठमाडौं । नबिल बैंकको ३७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न बैंकको निर्वाचनसहितको साधारणसभाले उपेन्द्र प्रसाद पौडेललाई पुनः अध्यक्षता निर्वाचित गरेको छ । पौडेल यसअघि पनि बैंकको सञ्चालक समितिको अध्यक्ष रहेका थिए । पौडेल शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

उक्त साधारणसभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रस्तावित ३८ प्रतिशत लाभांश समेत पारित गरेको छ । बैंकले सेयरधनीहरूलाई नाफापछिको चुक्तापुँजीको ३३.६० प्रतिशत बोनस सेयर र ४.४० प्रतिशत नगद लाभांश वितरण गर्नेछ । यो २७ वटा वाणिज्य बैंकहरू मध्येकै सबैभन्दा धेरै लाभांश हो ।

बैंकले आर्थिक वर्ष २०७७/७८ मा कुल ४ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले सम्पतिमा १५.१९ प्रतिशत र प्रति शेयर आम्दानी रु. ३३.५७ हासिल गरी आप्mनो वासलात विस्तार गर्दै २ खर्ब ९१ अर्ब पु¥याएको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयर पश्चात बैंकको पू“जी १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७ सय ४५ पुगेको छ ।

साधारण सभामा मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष पौडेलले बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई थप आधुनिकीकरण गर्दैै देशको व्यवसायिक गतिविधिहरुलाई गतिशीलता प्रदान गर्न र सरकारी कोषमा कर मार्फत योगदान पु¥याउन सफल भएको बताए । सो अवसरमा अध्यक्ष पौडेलले न्यून कार्वन अर्थतन्त्र, दिगो तथा समतामुलक भविष्य को लागि रणनीतिक रुपमा हरित वित्तपोषण, जलवायु परिवर्तन वित्तपोषणमा समेत थप लगानी गर्ने प्रतिवद्ध जाहेर गरे ।

प्रतिक्रिया