संस्थापनइतरबाट सभापतिको साझा उम्मेदवार बनाएरै छाड्छाैं : मीनेन्द्र रिजाल

 

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले संस्थापनइतरबाट सभापतिको साझा उम्मेदवार बनाएरै छाड्ने दाबी गरेका छन् । बिहीबार बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेता रिजालले संस्थापनइतर समूहबाट सभापति पदका लागि साझा उम्मेदवार बनाएरै छाड्ने बताएका हुन् ।

‘हिजोको चाक्सीबारीको तिक्ततापछि झनै साझा उम्मेदवार बनाउनुपर्छ भन्ने भएको छ। हामी हाम्रो समूहबाट साझा उम्मेदवार बनाएरै छाड्छौं, रिजालले भने ।’ शेरबहादुर देउवाको विकल्प आवश्यक रहेको भन्दै उनले यसका लागि आफूहरू क्रियाशील रहेको जिकिर गरे ।

कांग्रेस प्रतिस्पर्धाको पार्टी रहेकाले प्रतिस्पर्धामार्फत नै नेतृत्व चयन हुने उनको भनाइ छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले सर्वसम्मत सभापति चयन गर्न ‘त्याग’ गरिसक्दा पनि को सभापति हुने भन्ने निर्णयमा पुग्न यो समूहलाई सकस परेको छ ।

महाधिवेशन उद्घाटनको संघारमा आइसक्दा पनि सभापतिको उम्मेदवार तय हुन सकेको छैन । सभापतिमा आकांक्षी रामचन्द्र, शशांक, प्रकाशमान सिंह र शेखर कोइराला हुन् । रामचन्द्र र शशांकले सहमतिमै सभापति छान्न आफूहरूले छाड्ने बताइसक्दा पनि सहमति हुन सकेको छैन ।

प्रतिक्रिया